अध्यादेश विरुद्ध विवेकशील नेपाली दलको ई विरोध

डिसी नेपाल
९ वैशाख २०७७ २१:५३

काठमाडौँ । विवेकशील नेपाली दलले सरकारले ल्याएको अध्यादेशहरूको खारेजीको माग राख्दै संस्थागत वक्तव्य जारी गरेको छ। यससँगै विरोधको कार्यक्रम पनि गरेको छ।
आज अध्यादेशको विरोध गर्दै घरकै कौसी, आँगन अनि झ्यालबाट सङ्कटमा ‘कू’ राजनिति नगरा।ैँ ओली सरकारको उपहार शक्तिको दुरुपयोग र भ्रष्ट्राचार।, राष्ट्रपति कस्को ? नेकपाको की नेपालको?, हामी घरभित्र छौँ तर नेताहरु हो, तिमीलाई हेर्दै छौँ। , शक्ती सनतुलन संविधानको मर्म हो , अध्यादेश फिर्ता गर जस्ता नारासहितको प्ले कार्ड बनाएर ई अभियानद्धारा बिरोध गरेको हो।

उक्त अभियानमा विवेकशील नेपालीले आज ४ बजेदेखि अध्यादेशको विरोध गर्दै घरकै कौसी, आँगन अनि झ्यालबाट विभिन्न नाराहरु लेखेर ‘प्ले कार्ड’ बनाएर विरोध गर्न आवहान गरेको थियो। उक्त कार्यक्रममा सहभागी हुँदै सयौं नागरिकले पनि सरकारको यो कदमको विरोध गरेका छन ।

विवेकशील नेपालीले भोली पनि विभिन्न कार्यक्रमको आवहान गर्ने छ। साथै, आवश्यक परे सामाजिक दुरी कायम राख्दै सडक अभियान गर्ने समेत बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *