सार्कमा ह्वात्तै बढ्यो कोरोना महामारी, ९९९ जनाको मृत्यु, साढे ३४ हजारबढी संक्रमित

डिसी नेपाल
१० वैशाख २०७७ ११:५२

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण सार्क राष्ट्रमा पनि ह्वात्तै बढेको छ । पछिल्लाे २४ घण्टामा सार्कमा मात्रै २ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै सार्कमा कोरोना संक्रमितको संख्या ३४ हजार ५ सय ६३ पुगेको छ ।

भारतमा ज्यान गुमाउनेकाे सख्या ६४५ पुग्याे

सार्क राष्ट्र मध्ये सबैभन्दा ठुलो देश भारतमा हालसम्म कोरोना संक्रमणबाट ६४५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ जनाले ज्यान गुमाएका छन् ।

भारतमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २०८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १५४१ जना संक्रमित थपिएका हुन् ।भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ८ सय १२ जनाको कारोना टेष्ट गरिएको छ।

पाकिस्तानमा २०१ को मृत्यु

कोरोना भाइरसको संक्रमण भारतपछि पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा बुधबार बिहानसम्म २०१ संक्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा पाकिस्तानमा २५ संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म पाकिस्तानमा कोरोना संक्रमितको संख्या ९५६५ पुगेको छ।  मंगलबार मात्रै पाकिस्तानमा ६७३ जना नयाँ संक्रमित थपिएका हुन्। पाकिस्तानमा पछिल्लो अपडेट अनुसार १,११,८०६ जनाको कोरोना टेष्ट गरिएको छ।

बंगलादेशमा ह्वात्तै बढ्यो कोरोना संक्रमण

विश्वभर महारमारीको रुप लिएको कोरोना भाइरसबाट बंगलादेशमा पछिल्लो २४ घण्टामा मात्रै ४३४ जना संक्रमित व्यक्ति फेला परको छन् ।

यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ८२ पुगेकको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन्। संक्रमितमध्ये १ सय १० जनाको उपचारका क्रममा ज्यान गएको छ भने ८७ जना संक्रमित उपचारपछि घर पर्किएका छन्।

मंगलबार मात्रै बंगलादेशमा ९ जना संक्रमितको ज्यान गएको छ। बंगलादेशमा हालसम्म २९,५७८ कोरोना परीक्षण गरिएको छ।

श्रीलंकामा ३१० संक्रमित

सार्कको अर्को सदस्य राष्ट्र श्रीलंकामा कोरोना भाइरसको संक्रमण स्थिर छ । श्रीलंकामा बुधबार बिहानसम्म ३१० जना मानिस कोरोना भाइरसका संक्रमित भएका छन् । जसमध्ये ७ संक्रमितको ज्यान गएको छ।

श्रीलंकामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमित फेला परेका छन् । श्रीलंकामा हालसम्म ६,७९३ जनाको मात्रै कोरोना परीक्षण भएको छ।

अफगानिस्तानमा १०९२ संक्रमित

अफगानिस्तानमा कोरोना संक्रमित १ हजार ९२ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा मात्रै अफगानिस्तानमा ६६ जना संक्रमित थपिए । संक्रमितमध्ये हालसम्म ३६ जनाको ज्यान गएको छ। १५० जना संक्रमित उपचरापछि घर फर्किएका छन् ।

अफगानिस्तानमा ६ हजार ४ सय २२ जनाको मात्रै कोरोना टेष्ट भएको छ ।

भुटान थप एक जना संक्रमित

छिमेकी मुलकु भुटानमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । भुटानमा यसअघि ५ जना संक्रमित मध्ये दुइ जना उपचारपछि घर फर्किसकेका छन् ।

भुटानमा हालसम्म ८ हजार ७ सय ६५ जनाको कोरोना टेष्ट गरिएको छ ।

नेपालमा एकै दिन ११ जना संक्रमित फेला

सार्कको अध्यक्ष रहेको राष्ट नेपालमा पनि कोरोनाको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य विभागले जनाएको छ।

संक्रमित मध्ये ५ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ । हालसम्म नेपालमा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ।

माल्दिभ्समा १७ संक्रमित थपिए

सार्क राष्ट्रको सबैभन्दा सानो मुलुक माल्दिभ्समा मंगलबार १७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ। संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।

माल्दिभ्समा हालसम्म ४ हजार १ सय ३९ जनाको कोरोना परीक्षण गरिएको छ।

यस्तै, विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २५ लाख ५७ हजार ५०४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार ४ सय ५९ जनानको ज्यान गएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको केन्द्रबिन्दु हाल यूरोप र अमेरिका बनेका छन् । यूरोपमा मात्रै एक लाख बढी मानिसको ज्यान गनको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ६२ जना संक्रमितको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *