म्याद सकिएको नुन नबाँड्न हिमा गाउँपालिकाकालाई अदालतको आदेश

डिसी नेपाल
१० वैशाख २०७७ १३:१४

काठमाडौं । जुम्लाको हिमा गाउँपाालिकालाई म्याद सकिएको नुन वितरण नगर्न र नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरिएको छ।

उच्च अदालत सुर्खेत, जुम्ला इजलासले मंगलबार रिट दायर गरेका प्रतिभा शाही र नेत्रबहादुर शाहीको पक्षमा र गाउँपालिकाको विपक्षमा अन्तरिम आदेश दिएको हो।

चैत्र २८ गते गाउँपालिकाबाट वितरित राहतको नुन म्याद सकिएको बाँडिएको भन्दै अदालतसम्म रिट दायर भएको थियो।

रिटको पक्षमा पदमबहादुर शाहीले मंगलबार भिडियो कन्फ्रेन्सबाट वहस गरेका थिए । अदालतले बिहीबार सबै पक्षलाई वहसमा सहभागी हुन भनेको छ।

नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले गाउँपालिकाबाट वितरित नुनमा म्याद नभएको भनेर आफूहरुले त्यतिबेला नै आवाज उठाएको बताए।

शाहीले नागरिकको स्वास्थ्य थप जोखिममा नपरोस् भनेर आफूहरुले विरोध गरेको पनि जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *