राजपा र समाजवादी पार्टीबीच एकता
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ। दुई पार्टीबीच बुधबार अबेर राति एकता घोषणा भएको हो।
दुई पार्टी एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ। नेतृत्व लगायतका अन्य विषयमा टुंगो लागिसकेको छैन।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन्।


No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
हतारमा एकता,फुर्सतमा फूट!!!