लकडाउनका कारण काठमाडौंमा रहेका करिव ४ सयलाई दैलेख पठाईयो

डिसी नेपाल
११ वैशाख २०७७ १३:५२

काठमाडौं । लकडाउनको कारण काठमाडौमा अफ्ठेरोमा परेका दैलेखबासीलाई स्थानीय सरकारको समन्वयमा घर फिर्ता गरिएको छ । बुधबार राति सम्पर्कमा आएकाहरुलाई ७ वटा गाडीमा राखेर दैलेख पठाइएको नेकपा जिल्ला कमिटी दैलेखका सदस्य शेरबहादुर रावतले जानकारी दिए ।

दैलेखका विभिन्न स्थानीय तहका गरी करिव ४ सय जनालाई घर पाठाइएको उनले बताए । उनका अनुसरा चामुण्डा–बिन्द्रसैनी नगरपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका ठाटिकाँध गाउँपालिका र नारायण नगरपालिकाका गरी करिव ४ सय जनालाई घर पठाइएको हो ।

काठमाडौंबाट पठाइएकाहरुलाई सुर्खेत तथा दैलेखको सीमानामा ¥यापिड टेस्ट सरहको स्वास्थ्य परीक्षण गरी नारायण नगरपालिका पु¥याइने छ । त्यसपछि स्थानीय तहको जिम्मा लगाइने छ । झण्डै एउटा स्थानीय तहबाट ५० जना भन्दा बढी सम्पर्कमा आएको र उनिहरुलाई पठाइएको उनले जानकारी दिए ।

काठमाडौंबाट गृहजिल्ला फर्किने अधिकांश विद्यार्थी रहेका छन् । मजदुरको संख्या कम रहेको रावतले बताए । विदेशबाट र बाहिर अन्य कुनै ठाउँबाट नआएका कारण घर फर्किनेहरुमा संक्रमणको सम्भावना कम भए पनि स्थानीय सरकारले उनीहरुलाई जिम्मा लिएर क्वारेन्टाइनमा अनिवार्य राख्ने सदस्य रावतले जानकारी दिए ।

अझै पनि सम्पर्कमा आउने क्रम रहेकाले १५ गतेको सरकारको निर्णय हेरेर पठाउने या नपठाउने बारे निधो हुने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *