सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
काठमाडौं। चौतर्फी विरोध भएपछि सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषदले अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
समाजवादी पार्टीलाई विभागजन गर्न अध्यादेश जारी गरिएको भन्दै सरकारको चर्को आलोचना भएको थियाे। नेकपाभित्रै पनि अध्यादेशलाई लिएर चर्को असन्तुष्टि उत्पन्न भएको छ। बिहीबार नेकपा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमको भेलाले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको थियो।
बिहीबार नै प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी अधयादेश फिर्ता लिने विषयमा जानकारी गराएका थिए। प्रधानमन्त्री ओली निकट र विश्वासपात्र नेताहरुले समेत अध्यादेश फिर्ता लिन सुझाव दिएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment