समाजसेवामा युवाको सक्रियता : कोटेश्वरका युवाद्वारा निशुल्क भोजन वितरण

डिसी नेपाल
१३ वैशाख २०७७ ८:४२

काठमाडौं। कोभिड १९ को वैश्विक महामारीबाट विश्व मानव समुदाय आक्रान्त रहेको बेला विश्वभरका विभिन्न आध्यात्मिक सामाजिक संस्थाहरु मानव सेवा नै माधव सेवा हो भन्ने महामन्त्रलाई आत्मसात गर्दै सेवा कार्यमा जुटिरहेका छन्।

यसैक्रममा श्री राधा माधव समिति नेपाल अन्तर्गतको डिभाईन युथ क्लव नेपालले देशका विभिन्न स्थानमा स्थानीय निकायसँगको समन्वयमा खाद्य तथा दैनिक उपयोगका सामाग्री वितरण गर्दै आएको छ।

लकडाउनको कारण अप्ठेरोमा परेका विपन्न वर्गलाई लक्षित गरि काठमाडौं महानरपालिका वडा नम्बर ३२ कोटेश्वरका क्लवहरु निःशुल्क भोजन सेवामा जुटेका छन्। कोेटेश्वर समाजसेवा सुधार युवा क्लब महादेवस्थानले वैशाख १० गतेबाट हरेक साँझ निशुल्क भोजन सेवा संचालन गर्दै आएको छ।

यस अन्तर्गत विगत ३ दिनमा कूल ५३५ व्यक्तिले सेवा प्राप्त गरेका छन्। उक्त सेवा हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म शारीरिक दूरी कायम गरि संचालन गरिएको जानकारी कोटेश्वर समाज सुधार युवा क्लवका अध्यक्ष सुवाश रिमालले दिएका छन्।

कोटेश्वरकै सेती ओपी युवा क्लवले असहज अवस्थामा रहेका विपन्न व्यक्तिहरुलाई विहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क भोजन सेवा संचालन गरिरहेको जानकारी क्लवका अध्यक्ष रवि रिमालले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *