बर्रोमा पाइन्छन् यस्ता अपत्यारिला औषधीय गुण, जानी राखौँ

डिसी नेपाल
१३ वैशाख २०७७ ११:०२

काठमाडौँ । महत्वपूर्ण जडीबुटीको रूपमा रहेको बर्रो त्रिफला चूर्ण बनाउन प्रयोग हुने मध्य एक हो । यसको सही प्रयोगले विभिन्‍न रोग निको पार्न औषधिका रूपमा यसले काम गर्छ। यसलाई प्रायस् अमला र हर्रोसँग प्रयोग गरिन्छ भने एक्लै पनि प्रयोग गरिन्छ ।

अमला र हर्रो र बर्रोको मिश्रणलाई आयुर्वेदमा त्रिफला भनिन्छ। त्रिफलालाई आमाको दूधसँग पनि दाँज्ने गरिन्छ। जसरी बच्चालाई आमाको दूधले पोषण प्रदान गर्छ त्यसैगरी त्रिफलाले आममानिसलाई लाभ पुर्‍याउने भएकाले त्यसरी तुलना गरिएको हो।

औषधिका रूपमा बर्रोको प्रयोग

कब्जियत :  बर्रो आधा ग्राम, अमला आधा ग्राम, हर्रो आधा ग्राम मिसाई बेलुका दूधसँग खाँदा पुरानो कब्जियत हटाउँछ।

मूत्रसम्बन्धी विकार : ५० ग्राम बर्रो र कलमी सोरा पाँच ग्राम तीनसय मि।ली पानीमा हालेर क्वाथ बनाई प्रयोग गर्दा मूत्र जलन आदि हटाई मूत्राशय सफा पार्छ।

नेत्रसम्बन्धी विकार : राति चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोए आँखाको ज्योति बढ्छ। आँखाको रातोपन, आँखा सुन्निएको र आँखा पोल्ने समस्या पनि ठीक हुन्छ।

कपालसम्बन्धी रोग : बर्रोको तेलले कपाललाई फाइदा पुर्‍याउँछ। यसलाई हामी खान पनि सक्छौं।

खोकी : बर्रो, हर्रो, कालो खुर्सानी, सोँठ, तुलसीपत्रको समान मात्रामा केही जौ कुटेर मिसाउने। यसमा पानी मिसाएर क्वाथ बनाउने। यसको चौथाइ भाग रहेपछि आगोबाट निकाली मिस्री मिसाएर पिएमा खोकी निको हुन्छ।

कानसम्बन्धी समस्या : बर्रोको तेल पाँच थोपा र तोरीको तेल तीन थोपा मिसाई तताउने। यसलाई कानमा हाल्दा कानको दुस्खाइ, सुन्निएको, चिलाउने रोग हटी श्रवणशक्ति बढ्छ।

श्‍वाससम्बन्धी समस्या : बर्रो चूर्ण ५० ग्राम, पिपली ३० ग्राम, कालो खुर्सानी ३० ग्राम, वंशलोचन ३० ग्राम, सोँठ ३० ग्राम। यी सबैलाई कपडाछान गरेर चूर्ण बनाउने, फेरि सक्खर राखेर तीनरतीन रतीको गोली बनाई चुसिरहँदा खोकी, श्वाससम्बन्धी र स्वरसम्बन्धी रोग निको हुन्छ।

बाथ : बर्रोको तेलले मालिस गर्दा बाथको दुखाइ हट्छ। सुन्निएको ठाउँमा पनि यसले लाभ पुर्‍याउँछ।

मस्तिष्क दुर्वलता : उस्तुखदुस, ब्राह्मी, हर्रो, बर्रो, अमला चूर्ण अर्क गाँजवा र सर्वत स्याउसँग दिँदा मस्तिष्क दुर्वलता हटी स्मरणशक्ति बढ्छ।

आगोले पोलेको दाग हटाउन : तिल तेल भाँगरा, स्वरस, त्रिफला क्वाथ तथा मेहन्दी स्वरस बनाउने। सबै आधाआधा लिटर लिई मन्द आगोमा पकाई तेलमात्र बाँकी रहेपछि उतारेर छानी त्यसले केही समय नियमित मालिस गर्दा पोलेको दाग हट्छ।

अजीर्ण एवं मन्दाग्नि : हर्रोको बोक्रा, बर्रोको बोक्रा, सौंफ, पुदिना, सिधे नुन तथा चुक सबै ४०९४० ग्रामस पीपल, चित्रकको छाल, अजवायन सातसात ग्राम तथा चारवटा कागती लिने। नुन तथा चुकलाई अलग गरेर सुक्खा चीज कुटेर कपडाले छानी त्यसमा चुक अमिलो तथा नुन मिलाएर कागतीको रस हालेर राम्रोसँग घोट्ने। यसको चारचार रतीको गोली बनाई दुईचार गोली तातोपानीसँग केही दिन खाँदा अजीर्ण नास गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *