अफ्रिकाको जंगलमा मारिएका १२ रेन्जर्सको सम्झना

डिसी नेपाल
१५ वैशाख २०७७ ८:०७

दुई दिनअघि एकाएक डरलाग्दो खबर आयो, स्तब्ध बनाउने गरी । ४ महिनाअघिमात्र नेपाल आएका १२ जना रेन्जरहरुलाई अफ्रिकाको जंगलमा आतंककारीहरुले कायरतापूर्वक हत्या गरेको खबरले मन रोयो । म मात्र होइन यो घटनाले विश्वका प्रकृतिप्रेमीहरु स्तब्ध भएका छन्, रोएका छन्।

गएको नोभेम्बरमा नेपालमा रेञ्जर सम्मेलन गरेर आ–आफ्नो निकुञ्ज आरक्षमा नमूना संरक्षणको झण्डा गाड्ने र अर्को विश्व रेञ्जर्स सम्मेलनमा सफलताका गाथाहरु सुनाउने संकल्प लिएर गएका ती १२ जना नै। सम्मेलनभरि भेटघाट र अनुभव आदान प्रदान भएको थियो।

कुराकानीका क्रममा प्रकृति संरक्षणमा दृढझैं लागेका ती १२ रेन्जर्स ज्यादै कर्मठ, साहासिक र प्रतिवद्ध रेञ्जर्स पनि रहेछन्। प्रकृति रक्षाको क्रममा आतंककारीहरुसँगको मुठभेठमा उनीहरुको एकै चिहान भएको छ।

विश्व सम्पदामा सूचिकृत अलौकिक सुन्दर कंगोकोे झिङ्गो राष्ट्रिय निकुञ्जमा भएको घटना हो यो । सशस्त्र समूहको प्रतिकार गर्दा २ दिन अगाडि होनहार यी रेञ्जको निधन भएको थियो ।४ महिनाअगाडि चितवनको सौराहामा ती बहादुर रेञ्जरहरुको प्रकृति प्रेम र बहादुरीको कथा सुनेपछि पंक्तिकारले विश्व रेञ्जर्सको सम्मानामा एउटा पुस्तक लेख्ने निर्णय लिएको थिएँ । लकडाउन नभएको भए मेरो पुस्तक ऐले नेपाली कर्मठ रेञ्जरको हातमा परिसक्ने थियो ।

५ सय पार्करेञ्जर भएको झिरुङ्गा राष्ट्रिय निकुञ्जका रेञ्जरहरुको अनुशासन, परिश्रम, इमान्दारिता, प्रकृतिप्रेम, दृढ इच्छा शक्ति, समर्पण र त्याग देखेर पंतिकारलाई गौरव बोध भएको थियो । एक जना रेञ्जरको दाबी आज पनि कानमा गुन्जिरहेको छ । सांच्चै साहित्यिक अर्थात् कवितात्मक नै लागेको थियो उनको यो कुरा । उनको कुरालाई मैंले यसरी बुझेको थिए—

‘‘सबै भन्दा ठूलो प्रकृति
हाम्रो घर, मन्दिर र आस्थाको केन्द्र हाम्रो निकुञ्ज ।
निकुञ्ज स्थायी र अपरम्पार ।
हामी अस्थायी र सुक्ष्म ।”

उनले हामीलाई अफ्रिकाको प्रसिद्ध सो पार्क पुगे नपुगेको सोधेका थिए र कुराकानीका क्रममा आफूहरु सम्मेलनका लागि नेपाल बस्दा त्यहां कतै क्षति वा नोक्सानी पो भयो कि भन्ने चिन्ता व्यक्त गरेका थिए ।

ती रेञ्जरहरुले आफू, आफ्नो परिवारभन्दा आफ्नो पार्कलाई शिरमा राखेका रहेछन् भन्ने लागेको थियो हामीलाई । रेञ्जर भएर पार्क र प्रकृतिको सेवा गर्न पाएकोमा आफूलाई भाग्यमानी र गौरवान्वित ठान्दथे उनीहरु । मैले उनीहरुबाट ठूलो गौरवको पाठ सिक्न पाएँ ।

गत वर्ष चन्दा असुल्न सशस्त्र समूहले २ जना बेलायती पर्यटकको अपहरण गर्दा प्रतिकार गर्ने होनहार २५ वर्षकी महिला रेञ्जर राखेल मासिकाको मृत्युले त्यहाका रेञ्जर सबैलाई रुवाएको थियो । ती महिला होनहार बहादुरकी नमूना थिइन् ।

विभिन्न गुट उपगुट र सशस्त्र समूहको दोहन र चपेटामा परेको ७ सय ८० वर्ग किमि क्षेत्रफलमा फैलिएको यो सुन्दर पार्कलाई विश्व सम्पदामा कायम गरिराख्न र विश्वको आकर्षक पर्यटकस्थलका रुपमा जोगाइराख्न उनीहरुको हत्यापछि अब कठिन हुने हो कि भन्ने विज्ञहरुको चिन्ता छ ।

अफ्रिकाकै पुरानो, ऐतिहासिक जैविक विविधताले भरिपूर्ण यो सुन्दर पार्क मानव जीवनमा एकपटक पुग्नैपर्ने सुन्दर पार्कमा दर्ज थियो । प्रकृतिको खातिर बलिदान दिने ती बहादुर प्रकृतिपुत्र रेञ्जर्ससंगको भेट अविष्मरणीय भयो र अन्तिम पनि । प्रकृति संरक्षणबारेको प्रतिबद्धताको अनुभव दुनियांभरलाई भरपुरमात्रामा बाढ्ने उनीहरुको सपना अधुरो रहन पुग्यो । हार्दिक श्रद्धाञ्जली !

के छ त नेपाली रेन्जर्सको अवस्था
लकडाउनले सम्पूर्ण मानव जातिमा प्रकृति प्रेम प्रकृति भक्ति, प्रकृतिसेवा र प्रकृति रक्षाभाव जगायो । मानवले पुर्खालाई धिकार्यो । विकास र सभ्यतालाई सराप्यो। धनी औधोगिक व्यापारिक राष्ट्रलाई गाली ग¥यो । वर्तमान शासकहरुलाई कच्चा, अदूरदर्शी र मुर्ख भनेर सत्तोसराप गर्यो

निकुञ्ज आरक्षका फिल्ड फ्रन्टलाईन स्टाफ र संरक्षणकर्मीहरुको स्वस्फूर्त सक्रियता, सर्भिलेन्स, गस्ती र त्यसको परिणामस्वरुप तस्करहरु पक्राउ परेका, तस्करीका सामान बरामद भएका बन्य सामग्रीहरुबाट पुष्टि भएकै छ । निकुञ्ज आरक्षलाई जित्ने गरेर बाहिर बनक्षेत्रमा व्यापक सक्रियता, सहभागिता, सुरक्षा र परिणामहरु देख्न पाउँदा पंत्तिकारलाई गर्व बोध भएको छ ।

कम छैन चिन्ता र चासो

भिरुङ्गा राष्ट्रिय निकुञ्जका ती कर्मठ र बहादुर रेञ्जरहरु जस्तै बहादुर रेन्जरहरुको खानी रहेछ हाम्रो मातृभूमि पनि । प्रजा रेञ्जर एक्लैले छ जना सशस्त्र शिकरी र तस्करहरुलाई लडेर जितेछन् र हात हतियारसहित समातेर पाता कसेर रेञ्ज पोष्टमा ल्याएछन् । महिला कार्की थरकी रेञ्जरले बाँके राष्ट्रिय निकुञ्जमा एक्लै गस्ती गरेर धेरै तस्कर शिकारीलाई पक्राउ गर्न भ्याइछिन् ।

अन्य तमाम महिला बहादुर रेञ्जरहरुको त्याग र तपस्या सुनेर गर्व बोध हुन्छ ।बहादुरी माथि बहादुरीका कथाहरु । फिल्डको स्वतस्फूर्त श्रृजित त्यो हौसला, मनोवल, इच्छाशक्ति, बहादुरी, त्याग राज्यको अमूल्य पूँजी हो । त्यो मूल्यवान प्राकृतिक अथवा निःशुल्क प्राप्त मनोबैज्ञानिक शक्तिलाई राज्यले जोगाएर राख्नु पर्दछ ।

प्रकृतिको धनी क्षेत्र नेपालमा जनताहरु कसरी गरिब भए? प्रकृति धनी, जनता गरिक बीचमा त्यो खाडल र असम्ञ्जस्यता कसले कसरी किन पार्यो शिघ्र सच्याउन र सुधामर्न जरुरी छ। नेपालको प्रकृ्ति धनी शासक धनी तर जनता सँधै गरिब यो प्रकृतिलाई अपाच्य कुरा हो। प्रकृति संरक्षणलाई राज्यले उच्च प्राथामिकतामा राख्नु पर्दछ । त्यसलाई व्यक्ति, समूह, दल र यो वा त्यो सरकारको स्वार्थभन्दा धेरै माथि राजनीतिक र पवित्र राख्नु पर्दछ । राष्ट्रिय नीतिले प्रकृतिलाई संरक्षण गर्नुपर्दछ ।

फिल्डस्थित ती उम्दा बहादुर, कर्मठ त्यागी फ्रन्टलाईनमा संरक्षणकर्मीहरुलाई राज्यले उचित नीति, ऐन, कानूनद्वारा बचाउ, सम्मान र पुरस्कृत गर्नु पर्दछ । कसैको स्वार्थ, बहबाउ र कुरामा लागेर ती होनहार संरक्षणकर्मीको त्याग र बलिदानीलाई अवमूल्यन एवं तेजोबध गर्ने पाप गर्नुहुँदैन ।

उच्च जोखिम उठाएर फिल्डमा चुनौतिसँग जुध्ने ती संरक्षणकर्मीहरुको जीउ ज्यान जोखिम भए सुन्दर बिमा र क्षतिपूर्तिको प्रावधान हुनुपर्दछ । रेन्जर्स सम्मेलनमा फल टायम सहभागिताको अपूर्व अवसर पाउदा विश्व रेञ्जर्सको आकर्षक ड्रेस, जङ्गल गियर्स, इक्वीपमेण्ट, सेवा–सुबिधा देखेर पंतिकारलाई लाग्यो‘हामीले रेञ्जर्सहरुलाई उपर्युक्त बलियो युनिफर्मले चिनाउन सम्मान गर्न र नव रेञ्जर्सलाई आकर्षण गर्नु पर्नेरहेछ ।

उपर्युक्त गियर्स, इक्वीपमेण्ट, रासन पानीले स्वास्थ्य सुरक्षा दिनु पर्ने रहेछ । रेञ्जर्स संगठन बनाएर रेञ्जर्स हक, हित, कल्याणकारी सुनिश्चित गर्नु पर्ने रहेछ । तालिम, प्रशिक्षण, क्षमता अभिवृद्धि, एक्पोजर दिएर दक्ष एवं प्रतिष्पर्धी गर्वयोग्य जनशक्ति बनाउनु पर्ने रहेछ ।

राज्यले न्यूनतम आवश्यकता पूर्ति गरिदिने, जीवन रक्षा नगर्ने, कदर र सम्मान नगर्ने रसीमान्तकृत गरेर सधै पाखामात्र लगाउने हो भने त्यो दुर्लभ जनशक्तिले त्यही बन तथा प्राकृतिक श्रोत साधनमाथि व्यापार गर्ने, बेच्ने, खाने, बाच्ने गर्नु पर्ने वाध्यात्मक अवस्था आउन सक्दछ । त्यो लज्जास्पद अवस्थामा फिल्ड रेञ्जर्सको होइन, राज्यको दोष देखिन्छ ।

तसर्थ, सानो संख्याको रेञ्जर्सलाई पेटभरी भात, खाजा, सफा पानी दिनुपर्दछ । बलियो बुठ, पेटी, टोपी, युनिफर्म दिनुपर्दछ । चक्कु, चस्मा, बर्सादी, टेन्ट, खुकुरी, टर्चलाईट, जिपिएस, मोबाइल, वाकिटकी, र फ्रष्ट एड किट दिनु पर्दछ । अनि मोबाइल तस्करलाई पक्रन साइकल, मोटरसाइकल, मोटर दिनुपर्दछ । राज्यलाई त्यो सानो आर्थिक उल्झन मात्र हो । २० वर्ष अगाडि पंक्तिकारसँगै अहोरात्र जोखिम उठाएर गस्ती गर्ने गेमस्काउट रामविलास यादवलाई रासनमा बराबर मासु थिएन । अण्डा थिएन । घिउ, तेल मसला पिठो पनि थिएन । अनि उदेक लाग्थ्यो।

जोखिम बराबर, पैदल यात्रा बराबर । पसिना खर्च बराबर, भोकप्यास बराबर तर रासन फरक । त्यो विभेदले आजसम्म रातदिन मुटु घोचिरहन्छ । वि.स. २०४५ सालको राजा वीरेन्द्रको मध्यपश्चिमाञ्चल भ्रमणमा संयोगले पंतिकार फिल्ड सुरक्षामा खटिएको थिएँ । बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा फाँटबाट राजा बीरेन्द्रले निकुञ्ज रेञ्जरर्सलाई नेपाली सेना सरह रासन र पोसाक सुविधा दिने भनेर भएको घोषणा तत्काल लागू भयो ।

तर दुर्भाग्यो त्यो सधैंलाई कायम हुन सकेन कालान्तरमा हराउँदै घट्दै गयो । यो ज्यादै दुखको कुरा हो । रेन्जर्सलाई खाना, उचित पोशाक र बांच्न सक्ने गरीको सुविधा दिएर प्रकृतिको सुरक्षामा अहोरात्र खटाउनुको विकल्प छैन ।

प्रकृतिको धनी क्षेत्र नेपालमा जनताहरु कसरी गरिब भए? प्रकृति धनी, जनता गरिक बीचमा त्यो खाडल र असम्ञ्जस्यता कसले कसरी किन पार्यो शिघ्र सच्याउन र सुधामर्न जरुरी छ। नेपालको प्रकृ्ति धनी शासक धनी तर जनता सँधै गरिब यो प्रकृतिलाई अपाच्य कुरा हो। विश्वलाई उदेक लागेको रहस्य हो। र मुलुककाmे लागि ठूलो बिडम्बना, बेइजति र बदनाम हो। त्यसकै श्रङ्खला ‘धनी प्रकृतिको गरिब रेञ्जर’मा मुलुक दर्ज भएको छ।

विश्व रेञ्जर्स सम्मेलनमा पंक्तिकारले छर्लङ्ग देखेको र स्वअनुभूत गरेको तितो सत्य त्यही हो। त्यस्तो असामान्य र अप्राकृतिक असमञ्जस्यतालाई हामीले तत्काल हटाउनुपर्दछ। त्यो प्रकृतिको बुलन्द माग हो।

विगतमा वन र वन्यजन्तुमाथि मिलिभगत रमाइलो गर्ने र रेञ्जर्सलाई धर्मसंकटमा पार्ने काम राजा, राजपरिवार शाही नातेदार, शाही सेना, अन्य सुरक्षा निकायहरुकबाट हुने बिडम्बना थियो। आज त्यो विकृति विसंगति पुरा संलिसकेको छ। निकुन्ज र बन ऐनको राज छ । ऐनको आँखामा सबै बराबर छन्।

वन र वन्यजन्तु अपराधिलाई संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेना ‘शूनय सहनसिलता , दोब्बर सजाय’, ‘सबै ऐन, सबै सजाय’ भन्ने कडा मान्यताको पालना गरेर आफ्ना कमाण्डर अधिकृत र सकलदर्जालाई कानुनको दायरामा राख्दा गणपति (कणेल)लाई समेत जेलसम्म चलान गरेर कठोर नीति अवलम्बन गरेको छ।

तसर्थ यो परिवर्तित अवस्थामा सबै सुरक्षा निकायहरुले आ–आफ्नो चेन अफ कमाण्डलाई सूचित अभिप्रेरित र निर्देशित गरी फिल्डमा समर्पित ती सबै रेञ्जर्सलाई साथ, सहयोग, सुरक्षा र सम्मान दिने मानवीय धर्म, व्यावसायिक सहकार्य र सहयोगको सदासयता एवं नैतिक समर्थनको दायित्व पुरा गर्न स्वविवेकीय र स्वनिर्णयको पहलकदमी लिदिनुपर्छ।

अन्त्यमा, प्रकृतिको धनी देश सुन्दर नेपालको प्रकृतिले राष्ट्रिय प्राथमिकता पावस्। प्रकृति संरक्षणमा समर्पित साहसिक र त्यागी रेञ्जर्सलाई राज्यले नै स्वाभिमानी, आत्मनिर्भर, स्वावलम्बी, आत्मविश्वासी र सशक्त जनशक्ति बनाउन अबिलम्ब ध्यान दियोस। प्रकृति संरक्षणका खातिर जीवन बलिदानी दिने ११३ जना नेपाली सेना र दर्जनौ स्वदेशी रेञ्जर्सलाई समेत स–सम्मान हार्दिक श्रद्धाञ्जली !




प्रतिक्रिया

One thought on “अफ्रिकाको जंगलमा मारिएका १२ रेन्जर्सको सम्झना

  1. सानो संख्याको रेञ्जर्सलाई पेटभरी भात, खाजा, सफा पानी दिनुपर्दछ । बलियो बुठ, पेटी, टोपी, युनिफर्म दिनुपर्दछ । चक्कु, चस्मा, बर्सादी, टेन्ट, खुकुरी, टर्चलाईट, जिपिएस, मोबाइल, वाकिटकी, र फ्रष्ट एड किट दिनु पर्दछ । अनि मोबाइल तस्करलाई पक्रन साइकल, मोटरसाइकल, मोटर दिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *