प्रदेश १ मा ३८ जना आइसोलेसनमा
विराटनगर । प्रदेश नं १ मा मङ्गबारसम्म पाँच हजार ९०० जनाको कोभिड–१९ को परीक्षण भएको छ भने स्वास्थ्यकर्मीको निगरानीमा ३८ आइसोलेसनमा रहेका छन्।
पिसीआर विधिबाट एक हजार १९ र आरडिटी विधिबाट चार हजार ८८१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा ४४५ महिला दुई हजार १४० छन् भने १७ जना घर फर्केका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment