फुटबल टिम भन्दा बढी क्रिस्टियानो रोनाल्डोको गर्लफ्रेन्ड संख्या, विपासा वासु संग अफेयरको चर्चा

डिसी नेपाल
१७ वैशाख २०७७ १२:०९

काठमाडौं । विश्कै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो खेलको कारण चर्चित छन । रोनाल्डोले सन २००२ मा ब्यबसायिक फुटबल सुरुवात गरेका थिए । सन २००३ मा उनी म्यान्चेस्टर युनाईटेडमा आबद्ध भएपछि चर्चित भए । रोनाल्डो मैदान भित्र मात्रै नभएर मैदान बाहिर पनी उत्तिकै चर्चित छन । एउटा फुटबल टिममा ११ खेलाडी एकसाथ मैदानमा हुन्छन तर रोनाल्डोको त्यो भन्दा बढी गर्लफ्रेन्डहरु रहेका छन । उनका चार बच्चाहरु पनी रहेका छन, तर अहिलेसम्म यि चर्चित खेलाडीले बिबाह गरेका छैनन ।

पहिलो गर्लफ्रेन्ड जोर्डाना जाल्डेल

रोनाल्डाको सबैभन्दा पहिलो गर्लफ्रेन्ड ब्राजिलकी मोडल जोर्डाना जाल्डेल थिईन । रोनाल्डोले आफ्नो करियरको सुरुवातमा स्पोटिङ लिस्बनको लागी खेल्थे । जोर्डाना उनका टिमका सदस्य मारियो जार्डलको बहिनी थिईन । त्यस्पछि सन २००५ जनवरी देखी २००६ सेप्टेम्बर सम्म पोर्चुगलकी मोडल तथा टिभी प्रस्तोता मार्सि रोमेरो उनको गर्लफ्रेन्ड थिईन । सन २००७ मा चार महिनाको लागी ब्रिटेनकी जेम्मा एटिङकसन रोनाल्डोको गर्लफ्रेन्ड भईन । एटिङकसन रोनाल्को एकमात्र ब्रिटिस गर्लफ्रेन्ड थिईन ।

ईरिना शायक

रोनाल्डोले सन २००८ को सुरुवातमा स्पेनकी मोडल नेरेइदा गार्लादो संग डेटिङ गरे, तर उनको नेरेइदा संगको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । सन २०१० मा रोनाल्डो र रुसकी मोडल ईरिना शायक बिच सम्बन्ध भएको चर्चा चल्यो, दुबैजाना करिब ५ बर्षसम्म संगै बसे र सन २०१५ दुबैजान एकअर्का संग अलग भए । त्यपछि रोनाल्डोले २०१५ मै स्पेनकी टिभी रिर्पोटर लुसिया विलालोन संग सम्बन्ध गाँसे तर दुबै चाडै अलग भए । त्यसपछि रोनाल्डो स्पेनकै मोडल जार्जिना रोड्रिग्ज संग सम्बन्धमा रहेका छन । उनीहरुका चार सन्तानहरु पनी छन, तर उनीहरुको बिबाह भएको छैन ।

जेम्मा एटिङकसन

त्यो बाहेक रोनाल्डोको अफेयर पोर्चुगलकी करीना फेरो, सोराई कावे र मिया फुदाकेन संग पनी रह्यो । उनको अफेयर ब्रिटेनकी टायसे कनिनघम, भारतकी विपासा वासु, अमेरिकाकी पेरिस हिल्टन र किम कर्दासिया संग पनी रह्यो । विपासा र रोनाल्डो सन २००७ मा भेटेका थिए । एक रिर्पोटका अनुसार उनीहरु बिच त्यही समयदेखी अफेयर चल्यो । एक पार्टिमा रोनाल्डोले विपासालाई किस गरेको फोटो एकदमै भाईरल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *