राष्ट्रपतिका गुन्डाहरुले हमला गरेपछि क्रिकेट बाट सन्यास

डिसी नेपाल
१७ वैशाख २०७७ १३:३६

काठमाडौं । कोरोना भाईरसको कारण विश्वमा सम्पूर्ण खेलकुद गतिबिधिहरु स्थगित भएको छ । तर यो संकटकालिन समयमा केही यस्ता कुराहरु बाहिर आएको छ, जुनकुरा सुन्दा चकित बनाउछ । खबर रहेको छ जिम्बाबे क्रिकेट संग जोडिएको ।

जिम्बाबेका टेटेन्डा टायुको नाममा विश्वमै सबैभन्दा कम उमेरका टेस्ट क्रिकेट कप्तानको रुपमा रेर्कड रहेको छ । उनको यो रेर्कड गतबर्ष अफगानिस्तानका रसिद खानले तोडेका थिए । जिम्बाबेका विकेटकिपर तथा ब्याटसम्यान टेटेन्डाको करियर जब चरम सिमामा थियो अचानक उनले क्रिकेटबाट सन्यास लिनु पर्यो । द हिन्दुमा छापिएको खबर अनुसार टेटेन्डाले आफ्नो आत्मकथा ‘किपर अफ द फेथ’ मा बिस्तारमा यसको बारेमा बर्णण गरेका छन । टेटेन्डाका अनुसार उनले अप्रत्यासित रुपमा जिम्बाबेका तत्कालिन राष्ट्रपति रोबट मुगाबेको कारण खेलबाट आफुलाई टाढा राख्नु पर्यो ।

पछि सन २०१२ मा २८ बर्षको उमेरमै उनले क्रिकेटबाट सन्यास लिनु पर्यो । टेटेन्डाले यो सजाय जिम्बाबे क्रिकेटमा फैलिएको भ्रष्टाचार उजागर गरेको कारण पाए । रोबोट मुगाबे जिम्बाबेको पहिलो प्रधान्मन्त्री र दोस्रो राष्ट्रपति थिए । सन २०१९ डिसेम्बर ६ मा उनको मृत्यु भयो ।

टेटेन्डाका अनुसार पहिले उनलाई घुस दिने कोसिस गरियो र प्राईम लोकेसनमा फार्मल्यान्ड दिने भनेर फकाईयो तर उनले यो कुरा स्विकार गरेरन अन्तत उनलाई तत्कालिन उप सुचना मन्त्रीले आफ्नो कार्यालयमा बोलाए र उनको मुखमा एउटा खाम फ्रयाके । त्यो खाममा पैसा नभएर सत्तापक्षको बिरोध गर्दा हत्या गरिएका मानिसहरुको तस्वीर थियो ।

टेटेन्डाले थाहा थियो कि यदि उनले राष्ट्रपति मुगाबेको कब्जामा रहेको भ्रष्ट क्रिकेट बोर्ड बिरुद्ध बोल्न छोडेनन भने उनको पनी यही हालत हुनेछ । उनको उमेर त्यस बखत २२ बर्षको थियो । टेटेन्डाले सोचे कि अब उनले देशनै छोडनसक्ने अवस्था आउनसक्छ । त्यो बेला टेटेन्डाले राष्ट्रिय टोली सम्हालेको २ बर्ष भएको थियो र उनका छोरा पनी सानै उमेरका थिए । त्यसपछि उनको पत्नीको अपहरण गर्ने कोसिस गरियो । उनी जाहा जान्थे सरकारी अधिकारीहरु उनका पछिपछि हुन्थे, उनलाई फोनमा धम्कीहरु पनी आउन थाले, उनको बिरुद्ध झुटोे खबरहरु फैलाईयो ।

यद्दपी हेनरी ओलोङा जस्तै, जसले २००३ मा एन्डि फ्लावर संग मिलेर क्रिकेट बोर्ड बिरुद्ध आवाज उठाएका थिए । टेटेन्डाले समय अगावै सन्यान लिन उचित सोचेनन । उनले १८ बर्षको कलिलो उमेरमै राष्ट्रिय टिममा स्थान बनाएका थिए । राष्ट्रिय टिममा स्थान बनाएको बर्षमै उनी उपकप्तान बन्दै २० बर्षको उमेरमा टेस्ट क्रिकेटमा सबैभन्दा कम उमेरको कप्तानको विश्वरेर्कड बनाए ।

टेटेन्डाले भारतका मन्सुर अलि खान पदौडीको रेर्कड तोडेका थिए । पदौडीले २१ बर्ष ७७ दिनको हुदा भारतीय क्रिकेट टिमको नेतृत्व गर्दै यो रेर्कड बनाएका थिए । टेटेन्डाले २० बर्ष ३५८ दिनको हुदा राष्ट्रिय टिमको कमान पनि सम्हालेका थिए । सन २००४ देखी २०१९ सम्म सबैभन्दा कम उमेरको टेस्ट कप्तानको रेर्कड उनको नाममा रहयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *