ब्राजिलका स्टार फुटबल रोनाल्डिन्होले यसरी सुनाए जेलको अनुभव

डिसी नेपाल
१७ वैशाख २०७७ १५:०८

काठमाडौं । ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्हो प्याराग्वेको जेलमा रहेका आफ्ना दिनहरू सम्झँदै भन्छन् कि यो समय उनको लागि कठिन थियो। रोनाल्डिन्हो र उनको भाइ रोबर्टो एसिसलाई नक्कली राहदानीको मुद्दामा मार्चको शुरुमा पक्राउ गरिएको थियो। करिब १.६ मिलियन डलरको बोन्ड भरेपछि उनी जेलबाट रिहा भए र उनलाई होटल पठाइयो। रोनाल्डिन्होले भने कि जेल भित्रको समय निकै गाह्रो थियो। यस्तो परिस्थितिको सामना गर्छु भनेर मैले सोचेको थिईन। मैले फुटबलको माध्यमबाट मानिसहरूलाई खुशी राख्न मेरो पुरै प्रयास रहेको छ ।

उनले भने कि म जे पनि गर्दछु मेरो लागी मेरो भाईले गरेको सम्झौता हो, जो मेरो प्रतिनिधि हो। यस अवस्थामा हामीले एक अनलाइन क्यासिनोको उद्घाटन गर्ने
कार्यक्रम रहेको थियो। पुलिसले लगाएको आरोपहरूबाट म पूरै स्तब्ध भएको थिए ।

रोनाल्डिन्होले भने कि जेलमा मैले भेटेका सबै मानिसहरूले मलाई राम्रो व्यवहार गरे। हामी फुटबल खेल्थ्यौं र मैले अटोग्राफहरु दिएँ। यो मेरो जीवनको एउटा अंश हो र म त्यसो गर्नबाट आफैलाई रोक्न सक्दिन, विशेष गरी ती मानिसहरू जो खराब समयहरूमा मसँग थिए। उनले भने कि उनी पराग्वेका जनताको स्नेह र सम्मानले अभिभूत भएका छन। रोनाल्डिन्होले भने उनी चाँडै ब्राजिल जानेछन र आफ्नी आमालाई भेट्नेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *