फुटबलर भरत खवास ड्युटीमा

डिसी नेपाल
१७ वैशाख २०७७ १६:३४

काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमण बढेपछि बिभिन्न बिभागीय टोलिबाट खेलीरहेका खेलाडीहरुलाई सम्बन्धित बिभागले अहिले ड्युटीमा बोलाएको छ । केही दिन अगाडी ससस्त्र प्रहरी बल क्लबमा आबद्ध भएर ससस्त्रमै जागिर गरिरहेका महिला तथा पुरुष खेलाडीहरुलाई ससस्त्र प्रहरी बलले ड्युटीमा बोलाएको थियो । यो संगै नेपाल आर्मिले पनी आफ्ना मातहातमा रहेका खेलाडीहरुलाई ड्युटीमा बोलाएका छ ।

कोरोना भाईरसको कारण भएको लकडाउनमा परिवार संगै समय बिताईरहेका त्रिभुवन आर्मी क्लबका कप्तान तथा आर्मीका उपसेनानी भरत खवास लाई नेपाल आर्मीले ड्युटीमा बोलाएको हो । भरत अहिले आफ्नो युनिटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका छन् ।

भरत खवास नेपाल आर्मी फुटबल टिमका कप्तान समेत हुन् उनले नेपाली आर्मी फुटबल टिमबाट विभिन्न घरेलुु फुटबल प्रतियोगिताहरू जिति सकेका छन् । भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन् । उनले २ मार्च २०१३ (दशरथ रंगशाला, काठमाडौं) मा नर्दन मारियाना आइस्ल्याण्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन् । उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *