सीमा सशस्त्र प्रहरीको दुखः टेण्ट र पालको बास, लामखुट्टेको त्रास

डिसी नेपाल
१८ वैशाख २०७७ १०:४७

काठमाडौं। सरकारले लकडाउन लगत्तै सीमा सुरक्षामा खटाइएका सशस्त्र प्रहरीको अवस्था दयनीय बनेको छ। सीमामा खटाइएका सशस्त्र प्रहरी बालुवामा त्रिपाल टाँगेर बसेको र उनीहरुलाई उचित प्रवन्ध नहुँदा दयनीय बनेको हो। सुरक्षाको लागि खटाइएका सशस्त्र प्रहरी नदी किनारमा बालुवामा टेन्ट राखेर बस्न बाध्य भएका हुन्।

पाँच नम्बर प्रदेश, सुदुरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा खटिएका सशस्त्र प्रहरीको अवस्था दयनीय बनेको हो। दुई नम्बर प्रदेशका आठ वटै जिल्लामा सशस्त्र प्रहरीले अस्थायी पोष्ट बनाएर सुरक्षाकर्मी खटाएको छ। वालुवा र चौरमा टेण्ट गाडेर अस्थायी पोष्ट बनाउदा समस्या आएको फिल्डमा खटिएका प्रहरी अधिकारीले जनाएका छन्।

भारतको युपीसँग सीमा जोडिएका बाहेक नेपाल भारतबीच काकरभिट्टा, विराटनगर वीरगञ्ज र भीममदत्त नगरमा ठूला भन्सार नाका छन्। त्यस्तै पशुपतिनगर, गौरीगञ्ज, रंगोली, भान्टावारी, जनकपुर, जलेश्वर, मलंगहवा, गौर, ठोरीमा पनि छोटी भन्सार नाका रहेका छन्।

यहाँबाट पनि नेपालमा सहज रुपमा विदेशीहरु नेपाल प्रवेश गर्न पाउँछन्। त्यसकारण पनि सरकारले सबै प्रकारका चोरबाटोमा प्रहरीको गस्ती र निगरानी बढाएसँगै अस्थायी पोष्ट बनाएर सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ।

‘अस्थायी पोष्ट नबनाउने हो भने भारतबाट नागरिकहरुहरु निर्वाधरुपमा नेपाल प्रवेश गर्नेछन्’, सीमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘अस्थायी पोष्ट बन्यो पालभित्र लामाखुट्टेको त्रास बढ्न थालेको छ।’

कैलालीको त्रिनगर, गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, दार्चुला तथा दुइ नं प्रदेशका ८ जिल्ला , पूर्वमा मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती जिल्लाहरुबाट खुला सीमाका कारण भारतबाट नेपाल तर्फ नागरिकहरु आवतजावत गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीको गस्ती टोली पनि बढेको छ।

दुई नम्बर प्रदेशका प्रमुख डिआइजी राजु अर्यालले सबैक्षेत्रमा गस्ती टोली बढाउदा अस्थायी पोष्टहरु निर्माण गर्नु परेको बताए। ‘हामीले अस्थायी पोष्ट बनाएर गस्ती बढाएका छौ’, उनले भने ‘अस्थायी पोष्ट बनाउन टेण्ट टाँगिएको छ पाल टागिएको छ यस्तोमा बसरेर काम गर्नुपर्दा केही समस्या त भएकै छ तर पनि सुरक्षार्मीहरु निर्वाध खटिएका छन्।’

पाँच नम्बर प्रदेशका प्रमुख डिआइजी नारायणदत्त पौडेलले साधन स्रोतले भ्याएसम्म सबै सुविधा दिने प्रयास भैरहेको दावी गरे। केही सीमा नामा गहुँवारी भएको केही खोला भएको र केही दशगजा निकटको चौरलाई प्रयोग गरी टेण्ट गाडिएको उनले बताए।

‘अस्थायी पोष्ट भएकाले टेण्ट गाड्नु परेको हो स्थायी पोष्ट भने बलियो बनाएका छौं तर अस्थायीमा बसेका सुरक्षाकर्मीलाई केही असजिलो भने भएको छ हामी व्यवस्थापन गर्दैछौ’, डिआइजी पौडेलले भने। उनका अनुसार प्रदेश नम्बर पाँचका भारतसँग सीमा जोडिएका ६ जिल्लाका २ सय ५० स्थानमा अस्थायी पोष्ट निर्माण गरी सीमा वारपार आवागमन पूर्णरुपमा बन्द गरिएको छ।

प्रदेश पाँचमा पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी लामो सीमा भारतसँग जोडिएको छ। सरकारले लकडाउनको घोषणा गरी सीमा वारपार गर्न बन्द गरेपनि लुकिछिपी आवतजावत गर्नेक्रम नरोकिएकाले अस्थायी पोष्ट स्थापना गरेर निगरानी बढाइएको सशस्त्र प्रहरी बल प्रदेश पाँचका प्रमुख डिआइजी पौडेलले बताए।

सुदुर पश्चिम प्रदेश अन्र्तगत लकडाउनका कारण भारतीय सीमामा रोकिएका नेपाली महाकाली नदीमा ट्युबमार्फत फर्कन क्रम नरोकिएपछि बैतडीका विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरिएको छ। तर सीमामा रहेका सशस्त्र प्रहरीले विभिन्न समस्या भोग्दै आएका छन्। कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकामा सशस्त्र प्रहरीले विभिन्न कठिनाइ भोग्न थालेका बताइएपनि उनीहरु खटिरहेको त्यहाबाट सशस्त्र प्रहरीले जनाएको छ।

सुदुरपश्चिमको कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री पाल र टेण्टैकै भरमा चलेको छ।
सुदुरपश्चिम प्रदेश अन्र्तगत बैतडी जिल्लाका ६ ठाउँमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए। उनले भने, ‘हामीले सीमामा सशस्त्र प्रहरी खटाएको ३६ दिन भन्दा बढी भइसकेको छ। त्रिपालको भरमा सीमामा सुरक्षा दिइरहेका छौं।’

महाकाली नदी किनारैकिनार सीमा भएकाले नदी किनारमै खटिनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ। सीमामा बिओपी नहुँदा अस्थायी क्याम्प बनाएर प्रहरी परिचालन गर्नु परेको डिएसपी सिंहले बताए।

शिवनाथ गाउँपालिकाको कुस्मौतघाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वरकै विनायकघाट, रोडीदेवलमा सशस्त्र प्रहरी खटिएका छन्। यस्तै दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरी खटिएको छ। गर्मीको समय बढ्दै जाँदा सीमामा खटिएका सशस्त्र प्रहरीलाई नदी किनारमा ड्युटी गर्न समस्या भएको छ।

बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ। महाकाली नदी किनारैकिनार सीमा भएकाले नदी किनारमै खटिनुपर्ने बाध्यता सशस्त्र प्रहरीलाई छ। सीमामा बिओपी नहुँदा अस्थायी क्याम्प बनाएर प्रहरी परिचालन गर्नुपरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए।

जिल्लामा दुई ठाउँमा बिओपी स्थापना गर्ने भनिए पनि अहिलेसम्म बिओपी स्थापना हुन सकेको छैन। पञ्चेश्वर र झुलाघाटमा बिओपी स्थापनाको तयारी छ। तर पनि भौतिक पूर्वाधारलगायतका कारण बिओपी स्थापना हुन नसकेको डिएसपी सिंहले बताए।

सीमा क्षेत्रमा अहिले ८० जना सशस्त्र प्रहरी खटिएका छन्। उनीहरुले २४सैं घण्टा सीमामा पहरा दिइरहेका छन्। अवैध नाकाबाट ट्युबबाट महाकाली तरेर भारतबाट नेपालीहरु फर्कन थालेपछि सीमामा कडाइ गरिएको हो। सीमामा खटिएका प्रहरीलाई स्थानीय तहहरुले केही सहयोग गरेको भएपनि पार्याप्त भने हुन सकेको छैन।

कतिपय स्थानीय तहहरुले पनि विपद व्यवस्थापनमा लागि छुट्याएको रकम सकिएको भन्दै प्रहरीको अस्थायी पोष्ट स्थापनाका लागि असहयोग समेत गरेका छन्। लकडाउन बढ्दै जाँदा सशस्त्र प्रहरीको अस्थायी पोष्टहरुमा समेत समस्या बढ्न थालेको सीममा खटिएका प्रहरी अधिकारीहरुले जनाएका छन्।




प्रतिक्रिया

One thought on “सीमा सशस्त्र प्रहरीको दुखः टेण्ट र पालको बास, लामखुट्टेको त्रास

  1. ” नेपालीको वार्षिक कमाई 1 26000 ( 1 लाख 26 हजार ) ” (१) भनेपछि , प्रतिब्यक्ति नेपालीको , महीनाको लगभग Rs 11000 ( 11 हजार ) भयो। (2) गर्नी , गरेर खाने मानिसको लागि 11 हजारबाट हिड्नु भनेको धेरै नै ठूलो हो :- बिश्व युद्धमा , ध्वस्त भएको जापानले , 0 जीरो बाट उठेर हिडेको। बिश्व युद्धमा , ध्वस्त भएको जर्मनीले , 0 जीरो भन्दा पनि नाजुक अबस्थाबाट उठेर हिडेको हो। गर्नेको लागि , गरी खानेको लागि , 1100 ठूलो आधार हो। आधार भएपछि त दैनिक 14 घन्टा मात्रै काम गर्दा पनि निकै नै बन्छ। त्यो 14 घन्टा काम पनि हाई सुखले। (3) हाई सुखले काम गर्नु भनेको ? मानिस हरुको लास पल्टाएर , दुर्गन्ध र लड़ाईको केमिकलमा काम गर्नु भनेको , आफ्नो पुस्ता पनि मासिने खतरा हुन्छ :- ध्वस्त भएर भत्किएका बिल्डिंग हरु , पन्छाएर काम गर्नु भनेको , आफ्नै ज्यानको खतरा , आंखा फूटने , शरीरका अंग हरु घाइते हुने आदि इत्यादि। हतियार र बारूद , बम केमिकल ले ध्वस्त पारेको , पन्छाउन र सफा गर्न नै ज्यादै नै मेहनत गर्न समय र पसिना ,ज्यानै दिनपर्छ। काम गर्दा नै धेरै नै मर्छन। (५) त्यसैले :- नेपालको बिकाशको काम गर्न धेरै नै सजिलो छ । काम ज्यादा गर्दा थाकिनछ त्यति हो , अरु खतरा त छैना। मिठो , नमीठो सबै खाएर ,मजाले काम गर्ने। काम गरेर सानो हुदैन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *