पीएसजी बन्यो च्याम्पियन
एजेन्सी । पेरीस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लिग ‘लिग वन’को च्याम्पियन घोषणा गरिएको छ। कोरोनाका कारण फ्रेन्च लिगको सिजन रद्द गरिएपछि शिर्ष स्थानमा रहेको पीएसजीलाई च्याम्पियन घोषणा गरिएको हो।
फ्रेन्च सरकारले नै देशमा लकडाउनको समय बढाएपछि यो सिजनको लिग सुचारु हुन सकेको थिएन । जसका कारण सिरी ए रद्द गरिएको थियो । लिग सुचारु नभएपछि शिर्ष स्थानमा रहेको पीएसजीलाई उपाधि दिइएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ।
नियमित तालिका अनुसार फ्रेन्च लिगको अन्तिम चरणका खेल मार्च सात र आठ तारिखमा खेलाइने थियो । यदि नियमित तालिका जारी रहेको भए दोस्रो स्थानको मार्सेलीलाई उपाधि जित्ने आशा जिवितै रहेको थियो । पीएसजी मार्सेली भन्दा १२ अंकले अगाडी थियो ।
योसँगै पीएसजीले लगातार तेस्रो पटक लिग वनको उपाधि जितेको छ । यसका साथै उनले अहिलेसम्म नबौं पटक लिगको उपाधि जितेको छ । दोस्रो स्थानमा मर्सेली रह्यो भने रेनेस तेस्रो र लिली चौथो स्थानमा रहेका छन । फ्रेन्च फुटबलले च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने टिमको टुंगोपनि चाँडै लगाउने बताएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment