मृत रतुवा मृगसहित दुई पक्राउ
सप्तरी । सप्तरीमा गए राति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् । महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ ।
पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सो कार्यालयका प्रमुख सन्तोष झाले जानकारी दिए। अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानूनी कारवाही गरिने उनले बताए । मृत मृगलाई आज डिभिजन वन कार्यालय सप्तरी, महुली सवडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने जनाइएको छ ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–७, भङ्गहा वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment