न्युजिल्याण्डका कप्तान विलियम्सन र टेलर वर्ष खेलाडी घोषित

डिसी नेपाल
१८ वैशाख २०७७ १६:५७

एजेन्सी । न्युजिल्याण्डका कप्तान केन विलियम्सन र रोस टेलर न्युजिल्याण्ड क्रिकेटको वर्ष खेलाडी घोषित भएका छन् । न्युजिल्याण्ड क्रिकेटले बिहिबार घोषणा गरेको अवार्डमा विलियम्सन एकदिवसीय र टेलर टी–ट्वान्टीतर्फ वर्ष खेलाडी चुनिएका हुन् ।

विलियम्सनको नेतृत्वमा गत वर्ष सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड फाइनल पुगेको थियो । तर, फाइनलमा न्युजिल्याण्ड सर्वाधिक बाउन्ड्रीको आधारमा इंग्ल्यान्डसँग पराजित भएको थियो । विलियम्सनले ५ सय ७८ रन बनाएका थिए । उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी समेत चुनिएका थिए ।

टेलरले गत सिजन टी–ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेका थिए । इंग्ल्यान्ड, भारत र श्रीलंकाविरुद्धको सिरिजमा उनको प्रदर्शन एकनासको रहेको थियो । महिलाको एकदिवसीयमा सुजी बाटेस वर्ष खेलाडी चुनिएकी छिन् । टी–ट्वान्टीतर्फ भने सोफी डाभिन उत्कृष्ट चुनिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *