‘द हन्ड्रेड’ क्रिकेट स्थगित

डिसी नेपाल
१८ वैशाख २०७७ १९:४५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण जुलाईबाट सुरु हुने प्रतियोगिता स्थगित भएको हो । स्थगित प्रतियोगिता सन् २०२१ मा आयोजना हुनेछ ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको बुधबार बसेको बैठकले प्रतियोगिता यस वर्ष आयोजना गर्न सम्भव नभएको निस्कर्ष निकालेको हो । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता यहिँ जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय थियो । तर, कोरोनाको महामारीको कारण एक वर्ष प्रतियोगिता स्थगित गरिएको हो ।

प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने तय भएको थियो । ड्राफ्टबाट इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *