श्रमिकलाई अविलम्ब राहत व्यवस्था गर्न सरकारसँग नेता देउवाको आग्रह
फाइल तस्वीर
काठमाडाैं। नेपाली काँग्रेसका सभापति एवं शेरबहादुर देउवाले कोरोना रोकथामका लागि लागु गरिएको लकडाउनका कारण कष्टकर स्थिति भोगिरहेका श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्ररबार दिएको शुभकामना सन्देशमा पूर्वप्रधानमन्त्री देउवाले यस बेला श्रम गरेर गुजारा गर्ने श्रमिकको जीवन खाद्यान्नलगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताउँदै तिनलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।
नेपालमा विसं २००३ मा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको, प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु सोही मजदूर आन्दोलन भएको र कांँग्रेस र मजदूरहरु सधैंँ एकार्काका अनन्य सहयोगी भएर रहिआएको बताउँदै सभापति देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको यस ऐतिहासिक दिनमा उनीहरु सबैमा शुभकामना पनि व्यक्त गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment