प्रचण्डसँग सम्वाद गरेर चिनियाँ राजदूत सिधै नेपाल निवास

डिसी नेपाल
१९ वैशाख २०७७ ११:४८
24
Shares

काठमाडौं। नेकपाको विवाद उत्कर्षमा पुगेपछि आफ्नो दौडधुप बढाएकी चिनियाँ राजदूत होस यान्छीले शुक्रबार विहान प्रचण्डसँग आधा घण्टा छलफल गरिन्। विहान दश बजेदखि साढे दशबजेसम्म प्रचण्ड निवास खुमलटारमा छलफल गरेकी राजदूत यान्छी त्यहाँबाट सिधै नेकपा वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर गएकी थिइन्।

बिहीबार राति राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेकी थिइन्। प्रचण्डसँगको भेटमा राजदूत यान्छीले चिनियाँ राष्ट्रपति शि जिनपिङको सन्देश सुनाएको प्रचण्ड निकट स्रोतले जनाएको छ। सन्देशमा के उल्लेख गरिएको छ भन्ने नखुलाएपनि पार्टीभित्रको विवाद तत्काल समाधान गर्न र गराउन चिनियाँ प्रयासको रुपमा हेरिएको छ।

प्रचण्डसँग छलफल सकेपछि राजदूत यान्छी वरिष्ठ नेता माधव नेपालसँग छलफल गर्न नेपाल निवास कोटेश्वर पुगेकी थिइन्। पछिल्लो समय नेकपाभित्र प्रचण्ड र नेपाल पक्षधरले प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन दवाब दिँदै आएका छन्। पार्टीभित्रको विवाद बढ्दै जाँदा त्यसलाई मथ्थर पार्न चिनियाँ कुटनीतिज्ञको सक्रियता बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *