आकाश चोपडाको उत्कृष्ट टी–ट्वान्टी–११ मा सन्दीप

डिसी नेपाल
१९ वैशाख २०७७ १६:५४

एजेन्सी । भारतीय चर्चित क्रिकेट कमेन्टेटर तथा पूर्व खेलाडी आकाश चोपडाले तयार गरेको टी–ट्वान्टी क्रिकेटको उत्कृष्ट–११ मा नेपालका सन्दीप लामिछाने परेका छन् ।

चोपडाले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै आफ्नो उत्कृष्ट टी ट्वान्टी–११ सार्वजनिक गरेका हुन् । एक राष्ट्रबाट मात्र एक खेलाडी राख्दै चोपडाले उत्कृष्ट टी–ट्वान्टी टिम बनाएका हुन् ।

चोपडाले ११ राष्ट्रबाट ११ खेलाडी छनोट गरेका छन् । जसमा चोपडाले १० टेष्ट राष्ट्रबाट १० उत्कृष्ट खेलाडी छनोट गर्दा एसोसियट राष्ट्रबाट सन्दीपलाई छनोट गरेका छन् ।

चोपडाको उत्कृष्ट टिममा डेभिड वार्नर (अष्ट्रेलिया), जस बट्लर (इंग्ल्यान्ड), कोलिन मुन्रो (न्युजिल्याण्ड), बाबर आजम (पाकिस्तान), एबी डिभिलियर्स (दक्षिण अफ्रिका), शाकिब अल हसन (बंगलादेश) र आन्द्रे रसेल (वेष्ट इण्डिज) रहेका छन् । त्यस्तै राशिद खान (अफगानिस्तान), सन्दीप लामिछाने (नेपाल), जस्प्रित बुम्रा (भारत) र लासिथ मालिंगा (श्रीलंका) रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *