भ्रमहरूलाई चिर्दै किम जोंग उन सार्वजनिक रुपमा बाहिर निस्किए, मे दिवसमा सहभागी

डिसी नेपाल
२० वैशाख २०७७ ८:१९

काठमाडौं। गम्भीर बिरामी भएको र मृत्यु भइसकेको समेत हल्ला चलिरहेका बेला सबै भ्रमहरुलाई चिर्दै उत्तरु कोरियाली सर्वोच्च नेता किम जोंग उन सार्वजनिक रुपमा बाहिर निस्किएका छन् । किम २० दिनपछि हिजो सार्वजनिक रुपमा देखा परेका हुन् । गएको अप्रिल ११ मा पछिल्लो पटक सार्वजनिक रुपमा देखिएका किम त्यसपछि देखिएका थिएनन् ।

आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थामा किम उल सुंगको जन्मजयन्तिको कार्यक्रममा समेत किम सहभागी नभएपछि पश्चिमा मिडियाले उनको मृत्युसम्म भइसकेको प्रचार गरेका थिए । यी सबै खबरलाई झुट सावित गराउँदै किम २० दिनपछि सार्वजनिक समारोहमा देखा परेका छन् । यससँगै उनकोस्वास्थ्य सम्बन्धी खबरहरु हल्लामात्र सीमित भएको देखिएको छ।

उत्तर कोरियाली सरकारी मिडिया केसीएनएलाई उद्धृत गर्दै सीएनएनले लेखेअनुसार किम मजदूर दिवसको कार्यक्रममा सार्वजनिक रुपमा देखिएका हुन् । प्योङयाङ नजिकै रहेको सनचेनको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहमा उनी सहभागी भएका हुन्। उनी सहभागी भएको कार्यक्रमको फोटो तत्कालै सार्वजनिक गरिएको थियो।

कोरियन सेन्ट्रल न्युज एजेन्सीले जारी गरेको रिपोर्ट अनुसार मल उद्योगको रिबन काटेर किमले उद्घाटन गरेका थिए। उनले सुनचन फस्फोटिक मल उद्योगको उद्घाटन गरेलगत्तै उनको तस्बिर बाहिर आएको हो। अप्रिल ११ मा कोरोना भाइरसविरुद्धको एउटा छलफलमा सहभागी भएपछि किम जोङ उन सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन्।

उनका हजुरबुबाको जन्मोत्सव समारोहमा सहभागीसमेत नभएपछि उनको स्वास्थ्य अवस्था बारे पश्चिमा मिडियाले खबरहरु सार्वजनिक गरेका थिए जसमा उनको मृत्युसम्मका जानकारी समेटिएका थिए। यसअघि पनि पटक पटक उनको मृत्युको खबर झुटो सावित भइसकेको छ। यतिसम्म कि यसपटक किमपछि उत्तर कोरियाको नेतृत्वमा को आउँछ भन्ने आँकलनहरुसमेत मिडियाको खोजको विषय बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *