अकल्पनीय, भव्य र विलासी छ किमको जीवन, रमाइलोका लागि मात्रै छन् २ हजार युवती

डिसी नेपाल
२० वैशाख २०७७ ११:०३

काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको विषयमा अहिले चर्चा चुलिएको छ । लामो समयसम्म सार्वजनिक रुपमा नदेखिएका किमको स्वास्थ्य अवस्था गम्भीर भएकोदेखि मृत्यु भएकोसम्म दावी गर्दै समाचारहरु आए । यद्यपि यी सबै भ्रमहरुलाई चिर्दै किम सार्वजनिक रुपमा देखिएका छन् । किम आफ्नो रहस्यमय जीवनशैलीसँगै विलासी जीवनशैलीका कारण पनि चर्चामा रहिरहन्छन् । किम जोंग उनले आफ्नो जीवनमा शानको लागि सबै सीमा पार गरेको दावी गरिन्छ ।

किमसँग बमबाट सुरक्षित रहने भवन, निजी जेट, लाखौं मूल्यका घडीहरु, महंगा कार र याटहरु, आफ्नै निजी टापुका साथै २ हजार युवतीको टिम ‘प्लेजर स्क्वाड’ पनि छ । यी युवतीको टिमले उनलाई मनोरन्जन दिने काम गर्छन् । युरोपको एक न्यूज वेबसाइटले आरोप लगाएको छ कि उत्तर कोरियाली जनताबाट कमाएको पैसा किमले आफ्नो मोजमस्तीमा उडाउँछन् । पछिल्ला केही दिनदेखि अमेरिकीहरुले भने उनी आफ्नो विलासी ट्रेनमा वानसेन द्वीप गएको विश्वास गरेका थिए ।

बेलायती अखबार द सनले प्रकाशित गरेको एक रिपोर्टअनुसार किम जोंग उन ५ अर्ब डलरको सम्पत्तिका मालिक हुन् । जबकि उत्तर कोरियाको ६० प्रतिशत जनता अर्थात २ करोड ६० लाख नागरिक गरिबीको रेखामुनि छन् । यहाँसम्म कि उत्तर कोरियाका हरेक नागरिकले २ पटक खाना खान समेत सक्दैनन् । किम जोंग उनले यस्ता भवन र बंगलाहरु बनाएको विश्वास गरिन्छ जुन भवनले परमाणु आक्रमणलाई पनि सहन गर्न सक्छन् ।

पूरै उत्तर कोरियामा किमका यस्ता १७ घर छन् । सबैको बारेमा विश्वलाई थाहा पनि छेन । वानसेन द्वीपमा त किमको ५०० मिटरको एयरस्ट्रिप पनि छ । उत्तर कोरियाको राजधानी प्योंगयांगमा उनको मुख्य घर छ जसलाई सेन्ट्रल लग्जरी मेन्सन भनिन्छ । यो भवनले परमाणु आक्रमणलाई पनि सहन गर्न सक्छ । यसको चारैतिर जडान गरिएको फेन्सिङमा बिजुलीको करेन्ट दौडिन्छ । यसका अलावा उनको घरको सुरक्षाका लागि कैयौं स्तरमा सेना परिचालन गरिएको छ । यहाँसम्म कि घरको चारैतिर बारुदी सुरुङ लगाइएको छ ।

वानसेन द्वीपमा किम जोंङ उनको मुख्यालयमा फुटबल स्टेडियम बनाइएको छ । रिक्रिएसन सेन्टर, सुटिङ रेन्ज। याट बर्थ, थिएटर, बास्केटबल कोर्ट आदि पनि छन् । यहाँ उनको घर र समुद्र किनारको सुरक्षाका लागि समुद्रमा हार्बर पेटेक्सन ब्लकहरु जडान गरिएका छन् । किम जोंग उनलाई बास्केटबलको निकै सोख छ ।

एनबीएका महान खेलाडी डेनिस रडम्यानले द सनलाई बताएअनुसार उनी २०१३ मा वानसेन द्वीप गएका थिए । उनलाई किम जोंग उनले पाहुनाको रुपमा बोलाएका थिए । रडम्यानका अनुसार वानसेन निकै सुन्दर टापु छ । किम जोङ उनको चारैतिर सधैं ५०–६० जना तैनाथ हुन्छन् । यी मानिसहरु ककटेल पिउँछन् र किम जोंग उनको कुरामा हाँस्छन् । रडम्यानका अनुसार त्यहाँ जे पनि छन् ती संसारका उत्कृष्ट चीजहरु हुन् ।

किम जोंग उनको निजी जेट, याट, कारहरु र अन्य प्रकारका गाडीहरु सबै बख्तरबन्द छन् । किमसँग एउटा विलासी याट छ । यसको मूल्य झण्डै ९ करोड पछै । यसलाई बेलायती कम्पनी प्रिन्सेस याटले बनाएको हो । यो याट ९५ फिट लामो छ । किमसँग आफ्नो निजी जेट छ जुन रुसी आइएल–६२ जेटलाइनर हो । यसको मूल्य करोडौं पर्छ । यसको नाम एयरफोर्स उन हो । कैयौं पटक त किम जोंग यसको ककपिटमा पनि बस्छन् । जबमि किमसँग विमान उडाउने कुनै सर्टिफिकेट नभएको मानिन्छ ।

किम जों उनभन्दा पहिले उत्तर कोरियाका शासकहरुलाई आफ्नो ट्रेनमा यात्रा गर्न कन पर्थ्यो । यो ट्रेन पनि बख्तरबन्द छ । यो ट्रनमा सबैं किम जोंगको बख्तरबन्द मार्सिडिज कार पनि हुन्छ । यो ट्रेनमा ९० डिब्बा छन् जो जरुरतको हिसाबले जोडिन्छन् । यो ट्रेनमा कैयौं कोठा र कन्फ्रेन्स रुम छन् । यो ट्रेनमा धेरैजसो कम उमेरका जवान सुन्दर महिलाहरु काम गर्छन् । लेडी कन्डक्टरहरुको छनोट किम स्वयं गर्छन् । यी महिलाहरु उनको प्लेजर स्क्वाडका हिस्सा हुन्छन् । प्लेजर स्क्वाडमा २ हजारभन्दा धेरै महिलाहरु भएको बताइन्छ । यी महिलाहरुलाई किम जोंग उन र उनका अधिकारीहरुलाई खुसी राख्नको लागि ठूलो रकम पारिश्रमिक दिइन्छ ।

किम जोंग उनसँग एउटा मर्सिडिज मेब्याक पुलम्यान गार्ड लिमोजिन छ । किमसँग यस्ता महंगा १०० वटा युरोपियन कार छन् । किम जोंगसँग एउटा गोप्य विलासी हरम (गोप्य पत्नी, रखेल र दासीहरु बस्ने स्थान) भएको पनि बताइन्छ । यसको लागि किम जोंग उनले २०१६ मा चीनबाट ४० करोडका उत्तेजक वस्त्रहरु मगाएका थिए ताकि उनको हरममा बस्ने युवतहिरुले यी कपडा लगाउन सकुन् ।

किममाथि कैयौं अन्तर्राष्ट्रिय प्रतिबन्ध छन् ताकि उनी विलासी वस्तुहरुको आयात गर्न नसकुन् तर यसका बावजुद किमले २०१७ मा मदिरा, संष्ीतका उपकरणहरु, महंगा घडीहरु र एक समुद्री जहाजको लागि ४९३ मिलियन पाउण्ड खर्च गरेका थिए । किमसँग एक आइडब्लुसी पोर्टोफिनो स्विस घडी छ । यसको मूल्य १० हजार पाउण्ड पर्छ । गत वर्ष एक मिसाइल परीक्षणको क्रममा किमले यो घटी लगाएको फोटोमा देखिएको थियो ।

किम जोंग उनलाई खाने सोख छ । उनलाई फाइ ग्रास, लोबस्टर र केभियार मन पर्छ । अन्तर्राष्ट्रिय यात्रामा उनी आफ्ना कुकलाई साथमा लिएर जान्छन् । उनी हरेक वर्ष मदिरामा मात्र २१ मिलियन पाउण्ड खर्च गर्छन् । यसका अलावा उनलाई स्की रिसोर्ट निकै मन पर्छ । किमले कैयौं स्की रिसोर्ट बनाएका छन् ताकि पर्यटनले बढावा पाउन सकोस् । किम जोंग उनलाई हेनेसी ब्राण्डको मदिरा मन पर्छ जसको एक बोतलको मूल्य १५०० पाउण्ड (सवा २ लाख नेपाली रुपैयाँ) पर्छ । किमले फ्रान्सको यिभ्स सेन्ट लरेन्ट कम्पनीको डिजाइनर चुरोट पिउँछन् । यो चुरोटको एक प्याकेटको मूल्य ३१ पाउण्ड (साढे ४ हजार नेपाली रुपैयाँ) पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *