कर्णालीमा परीक्षण किटको अभाव, एकसाताका लागि नाका पूर्ण बन्द

डिसी नेपाल
२२ वैशाख २०७७ २१:२५

काठमाडौं । नेपालगञ्जमा कोरोनाको संक्रमण तीब्र बनेसँगै कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशका सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा एक हप्तासम्म सिल गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री केसीका अनुसार कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले सवारी तथा पैदल नाका पूर्ण बन्द गर्नु परेको हो ।

उनले भननिन्, ‘प्रदेश ५ को नेपालगञ्जमा कोरोनाको संक्रमण तीब्र भएपछि कर्णालीमा हुनसक्ने सम्भावित जोखिम कम गर्न नाका पूर्ण बन्द गरेका हौं। सरकाले सवारी नाका मात्र नभएर प्रदेश ५ र सुदूरपश्चिम प्रदेशसंग जोडिएका सबै नाकाहरु १ हप्ताका लागि पूर्ण बन्द हुन्छन् ।
प्रदेश भित्रको आन्तरिक आवत–जावतमा पनि कडाई गर्ने मन्त्री केसीले बताईन् । ‘बाहिरबाट त तरकारी पनि एक हप्ता आउदैन।’ मन्त्री केसीले भनिन्, ‘तर प्रदेश भित्रको आन्तरिक तरकारी र अन्य खाद्यवस्तुको ढुवानीमा सहजिकरण गरिने छ।’

एक फरक प्रशंगमा मन्त्री केसीले कर्णालीमा कोरोनाको चेकजाँचका लागि चाहिने अत्यावश्यक किट नभएको बताएकी छन् । उनले भनिन्, ‘हामीले २ वटा पिसीआर मेसिन जोडेका छौं। सुर्खेतमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मेसिन जोडे पनि अत्यावश्यक किटको अभाव रहेको छ।’

केन्द्रय प्रयोगशाला टेकुले मात्र दिने उक्त २ वटा किटको लागि पहल भइरहेको केसीले बताईन् । उनले भनिन्, ‘ २ वटा किटहरु हो । RNA Extraction Kit र Master Mix Kit  केन्द्रीय प्रयोगशाला टेकुले मात्र दिन मिल्ने भएका कारण  जाँचमा समस्या भइरहेको छ। यसको पहल सरकारले गरिरहेको छ । चाँडै उपलब्ध गराएर कोरोनाको परिक्षणमा तीब्रता दिने छौं।’

भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ ।

मन्त्री केसीका अनुसार कर्णालीमा पिसीआर र आरडिटी गरी ४ हजारको कोरोना परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *