गण्डकी राहत कोषमा क्रसर व्यवसायीद्वारा ५ लाख सहयोग

डिसी नेपाल
२३ वैशाख २०७७ ११:२५

पोखरा । गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घले गण्डकी प्रदेश कोरोना राहत कोषमा रु पाँच लाख सहयोग गरेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सङ्घका पदाधिकारीले सोमबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

सङ्घका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा सचिव छत्रधर आत्रेय, कोषाध्यक्ष रामकृष्ण मल्ललगायतका व्यवसायी मुख्यमन्त्री कार्यालय पुगी उक्त सहयोग हस्तान्तरण गग चेक ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विकास निर्मणका योजनामा कोरोनाको सावधानी अपनाउँदै सञ्चालन गर्ने तयारी भएको बताए।

उक्त अवसरमा व्यवसायीका तर्फबाट कोरोना सङ्क्रमण र त्यसको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण समग्र जनजीवन र उद्योगधन्दा प्रभावित भएको बताउँदै निर्माण क्षेत्रमा कच्चा सामग्रीको आपूर्ति गर्ने गण्डकी प्रदेशका सम्पूर्ण क्रसर उद्योग प्रभावित भएको बताए।

बन्दाबन्दीका कारण विकास निर्माणका आयोजना सञ्चालन नहँुदा त्यहाँ प्रयोग गरिने कच्चा पदार्थ गिट्टी, बालुवा र ढुङ्गासमेतको आपूर्ति ठप्प भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *