No ads found for this position
No ads found for this position

मानव धर्मको मानवीय सेवाः भोको पेटमा भोजन भर्दै

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ वैशाख २०७७ १८:४२
4
Shares
No ads found for this position

कास्की । पोखरा–११ रानीपौवामा बिहान १० नबज्दै आश्रम अगाडि भोको पेटको लाइन देखिन्छ । नेपाल मानव धर्म सेवा समिति श्री हंस सनातन मन्दिरले विपन्न तथा मजदुरलाई दैनिक भोजन उपलब्ध गराउन थालेपछि खाना खाने समयमा भोको पेटहरु खानाको पर्खाइ हुने गर्दछन् ।

विशेषगरी सेती नदी किनारमा बालुवा गिट्टी चालेर ज्याला मजदुरी गर्दै आएका विपन्न परिवार छन् । बन्दाबन्दीको कारण काम गरेर खान पाउने अवस्था नबन्दा उनीहरुको दैनिकी सहज हुनसकेको छैन । विपन्न परिवारको अवस्थालाई ध्यान दिएर आश्रमले वैशाख १५ गतेदेखि निरन्तर भोजन वितरण गर्न शुरु गरेको आश्रमका गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यका लागि हाल दैनिक २० जनाले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् । आश्रमले पोखराको रानीपौवामा र लेखनाथको सत्यलोक आश्रम पोखरा–२६ बाट दैनिक करिब २०० भन्दा बढीलाई खाना प्रदान गर्दै आएको छ । आश्रमका युथ विङ्स तथा कार्यक्रम संयोजक ओम उपाध्यायले भोजन कार्यक्रम पहिलो चरणमा वैशाख २५ गतेसम्म जारी रहने र त्यसपछि पनि लकडाउनको अवधि हेरेर निरन्तरता दिइने जानकारी दिए । उनका अनुसार भोजन हरेक दिन बिहान १० देखि १२ बजेसम्म उपलब्ध हुनेछ ।

कठिन अवस्थामा रहेका परिवारलाई घरमानै खाना पु¥याउने कार्यसमेत गरिँदै आएको उनले बताए । उपाध्यायले भने, “कठिन अवस्थामा एक मानव अर्को मानवको सेवामा जुट्नु नै सच्चा धर्म हो, विपद्को समयमा एकअर्काप्रति सद्भाव र सहिष्णु भएर सेवाकर्ममा निरन्तरता दिनुपर्छ ।”

पोखराको रामघाटमा बस्दै आएकी सेती विकले बिहानको छाक आश्रमबाट खाना लगेर खाने गरेको बताइन् । उनले भनिन्, “चार जनाको परिवार छौँ, गिट्टी, बालुवा चालेर जीविकोपार्जन गथ्र्यौँ, अहिले लकडाउनले काम गर्न पाएका छैनाँै, दया धर्म हुनेहरुबाट जीवन चलिरहेको छ ।” उनले स्थानीय सरकारले दिएको राहतले बेलुकाको छाक पकाउँदै आएको बताइन् ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *