मार्क्सवाद श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न प्रधानमन्त्रीबाट आह्वान

डिसी नेपाल
२३ वैशाख २०७७ १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको मुक्तिका चिन्तक कार्ल मार्क्सको २०२औँ जन्मजयन्तीका अवसरमा उनिप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

दार्शनिक माक्र्सको दुई सय तीनौँ जन्मजयन्तीका अवसरमा आज उनप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानवजातिका तर्फबाट उनको योगदानप्रति कृतज्ञता ज्ञापन गरेका छन्। “कार्ल मार्क्सले विश्व मानवजातिको इतिहासमा चिन्तनका रुपमा एउटा सहस्राब्दीलाई नै सर्वाधिक रुपमा प्रभावित पार्नुभयो”, प्रधानमन्त्री ओलीले जारी गरेको श्रद्धासुमनपत्रमा भनिएको छ, “जातिको इतिहासलाई अध्ययन गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार दिनुभयो ।”

मानव समाजमा न्याय, समानता र श्रमिक वर्गका हितमा माक्र्सले अगाडि सारेका विचारले एउटा सहस्राब्दीलाई नै प्रभावित पारेको उल्लेख गर्दै प्रधानमन्त्रीले उनको ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानवजातिका हितमा सदुपयोग गर्न सबैमा आह्वान गरेका छन् ।

“मार्क्सवादबाट देशमा गरीबी हटाउने, जनताको जीवनमा सुख भर्ने, सामाजिक न्यायसहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउने हो”, श्रद्धासुमनपत्रमा भनिएको छ, “ हामी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गरी त्यस अभियानमा अग्रसर छाँै ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *