No ads found for this position
No ads found for this position

प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ वैशाख २०७७ १८:५८
4
Shares
No ads found for this position

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले आवरअल न्यूज डटकमका सम्पादक प्रेम नेपालीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेको छ । महासङ्घ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै समाचार सङ्कलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीको प्रवेशद्वार अघि पत्रकार नेपालीलाई दुर्व्यवहार गरिएको भन्दै खेद व्यक्त गरेको हो ।

बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर पीडकलाई पक्राउ नगरेको भन्दै जम्मा भएका पीडित पक्ष, कानूनी व्यवसायी र जनप्रतिनिधिका बारेमा समाचार सङ्कलन गर्ने क्रममा भिडियो खिँच्दै गर्दा नखिँच्न भन्दै क्यामेरा खोस्ने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना सङ्क्रमणको महामारीका बेला अग्रमोर्चामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि गरिने यस्ता दुर्व्यवहार आगामी दिनमा नदोहोरियोस् भन्दै विज्ञप्तिमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील बन्न प्रहरी प्रशासनसहित सम्पूर्ण सरोकारवालासँग अनुरोध गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *