कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

डिसी नेपाल
२३ वैशाख २०७७ २१:०४

काठमाडौं । विराटनगरका ६ जनाले कोरोना जितेका छन् । कोरोना पुष्टि भएर कोशी आस्पतालमा उपचार गराइरहेका ३१ जना मध्य ६ जना उपचारपछि निको भएर घर फर्किन लागेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

मन्त्री घिमिरेले मन्त्रालयमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ जनाको ३ चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए। उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सङ्गीता मिश्राले बताइन्। उनीहरु सबैलाई विराटनगर रानीको १ मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए। कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताइन् ।
कोशी अस्पतालबाट निको भएका उनीहरुसँगै नेपालमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २२ पुगेको छ । यस अघि विभिन्न अस्पतालबाट १६ जनालाई कोरोना निको भएका कारण डिस्चार्ज गरिसकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *