No ads found for this position
No ads found for this position

विष्फोटक पदार्थ खेलाउँदा पड्किएर बालक घाइते

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२४ वैशाख २०७७ १६:१४
No ads found for this position

कञ्चनपुर । खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुर, महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली आज घाइते भएका छन् । महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएका हुन् । घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए।

बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले घातक विष्फोटक पदार्थ नभएको बताए। “विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, उनले भने । स्थानीय बासिन्दाका अनुसार जङ्गली बँदेल, माछालगायत मार्नका लागि चोर शिकारीले विष्फोटक पदार्थ राखेको हुनसक्ने आशङ्का गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *