दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

डिसी नेपाल
२६ वैशाख २०७७ ७:३३

बुटवल। बिहीबार कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ। बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि भुम्वईवाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए। स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए।

उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए। संक्रमीतलाई भोलि बिहानै बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ। अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। गाेरखापत्र दैनिक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *