नेकपाले बोलायो स्थायी कमिटी बैठक

डिसी नेपाल
३० वैशाख २०७७ १५:५२

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ। पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको हाे। यो पार्टी एकतापछिको तेस्रो बैठक हो। यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो। पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी दिए।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए। यसअघि पार्टीभित्रकाे विवाद उत्कर्षमा पुगेपछि स्थायी कमिटी बैठक स्थगित भएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *