कविता – “हजुरबुवा ! नेताले झूट बोल्दैनन्”
“हजुरबुवा ! नेताले झूट बोल्दैनन्”
कति विश्वास नेताप्रति
यसले भाषण सुन्यो होला
भ्रष्टचार निर्मुल गर्ने
घुस कसैले नखाने
देशको बिकाश गर्ने
जनताको दुस्ख हटाउने
शिक्षादेखि कसैलाई बन्चित नगराउने
सस्तो सुलभ उपचारको व्यवस्था
रोजगारी सिर्जना
निष्कर्षमा
सबैलाई काम सबैलाई माम ।
मेरो सानो नातीले भन्यो
“हजुरबुवा ! हजुरबुवा ! नेताले झूट बोल्दैनन्” ।
कस्तो राम्रो छाप नेताको
यसले समाचार सुन्यो होला
दुई अध्यक्ष भएर पनि
कस्तरी मिलेर सरकार चलाएको
मुसुमुसु हास्दै कानेखुसी गरेको
बैठकमा वरिपरी बसी
सबै सदस्यहरुले
हो मा हो मिलाएको
जनताको सुखको निम्ति
सबै नेता एकजुट भएको
निष्कर्षमा
एउटा नेताले अर्कोको सम्मान गरेको।
मेरो सानो नातीले भन्यो
“हजुरबुवा ! हजुरबुवा ! नेताले झूट बोल्दैनन्” ।
मैले “हुन्छ बाबु” भन्दिए
किनकी यस्ले जे बुझेको छ
यसले जे सुनेको छ
त्यही अनुरूप यसलाई लागेको छ।।
झूट बोल्नु हुदैन
झगडा गर्नु हुदैन
त्यसैले पक्कै नेता भएपछी
मेरो नातीले
सधैँ असल काम मात्र गर्नेछ ।
इन्जिनियर राकेश कार्की/लस एन्जेलस
No ads found for this position

डिसी नेपाल
Facebook Comment