अमेरिकी दूतावासका डिफेन्स अट्याचीले सशस्त्र प्रहरीलाई दिए स्वास्थ्य सामाग्री
काठमाडौं। अमेरिकी दूतावासका डिफेन्स अट्याचीले सशस्त्र प्रहरीलाई कोरोना विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान प्रदान गरेका छन्। शुक्रबार सशस्त्र प्रहरीलाई डिफेन्स अट्याचीले एक सय थान पिपिई उपलब्ध गराएका हुन्।
सरकारले सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचार अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ। नेपालमा देखिएका कोरोना संक्रमितको उपचार यही अस्पतालमा गर्ने तयारी सरकारले तयारी गरेको छ।
अहिले मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको छ। सोमबारमात्रै पनि ९ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment