नगरपालिकाद्वारा राहत वितरण

डिसी नेपाल
५ जेठ २०७७ १८:३४

मुगु । कोरोना भाइरसका कारण लामो समयसम्म भएको लकडाउनले जनताहरुलाई समस्या परिरहेको बेलामा मुगु जिल्ला स्थित छायाँनाथ रारा जगरपालिकाले आप्ना नगरबासी राहत बितरण गरेको छ ।

कुल ८६ वटा बस्ती रहेको यस नगरपालिका भित्रका १ देखि १४ वडा सम्मका सबै बस्तीहरुमा १ प्याक चामल, १ पाकेट खाने तेल २ पाकेट नुन १ पाकेट बेसार लगायतका राहत सामाग्रीहरु बितरण गरिएको छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले बताए ।

देश लगडाउनको समयमा थोरै भएपनि जनताहरुले राहत पाउन भनेर खाद्य सामाग्रीहरु बितरण गरिएको नगर प्रमुख शाहीले बताए । कुल ४ हजार ७ सय २१ घरधुरीले खाद्यान्न सामाग्रीहरु पाएका छन्।

लकडाउनको समयमा दैनिक मजदुरी गरी खाने अति बिपन्न, अपाङ्ग, असाय वर्ग लाई निःशुल्क खाद्यान्न प्राप्तीले ठुलो राहत मिलेको छ ।
नगर प्रमुख, उपप्र्रमुख जनताको घरदैलोमा गई राहत बितरण गरेपछि स्थानिय बासी जनताहरु खुशी भएका छन । राहत बितरणमा जम्मा ८६ लाख रुपयाँ खर्च भएको नगरपालिकाले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *