क्यारिबियन भिन्सी टि १० प्रिमियर लिग आजबाट शुरू हुँदै, खेलहरुको प्रत्यक्ष प्रसारण हेर्न पाईने

डिसी नेपाल
९ जेठ २०७७ १२:०६

काठमाडौं । भिन्सी प्रिमियर टि १० लिग आजबाट पूर्वी क्यारिबियन देश सेन्ट भिन्सेन्ट र द ग्रेनाडाइन्समा शुरू हुँदैछ। ३१ मे सम्म खेलाइने यस प्रतियोगितामा दर्शकहरू पनि खेल हेर्न आउन ब्यवस्था छ ।

प्रतियोगितामा सबै टोलीले १० दिनमा कुल २८ खेल खेल्नेछन। हरेका दिन ३ खेल खेलाइनेछ। खेलको प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार साँझ ५.४५ देखि बेलुका १०.१५ सम्म फ्यानकोड एप ((Fancode app) मा हेर्न पाईनेछ ।

लिगको ६ टोलीमा कुल ७२ खेलाडीहरू रहेका छन्। सबै फ्रेन्चाइजीहरूले खेलाडीहरूलाई लिलामी प्रक्रिया मार्फत ११ मेमा नै खरिद गरिसकेका छन। यो लिगमा वेस्टईन्डिजका सुनील अम्बेरीज, केस्रिक विलियम्स र ओबेड म्याकोएलगायत ६ अन्तर्राष्ट्रिय खेलाडीहरु हुने छन।

लिग सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स क्रिकेट संघ (एसविजिए) को आयोजनामा हुनेछ । एसवीजीए अध्यक्ष किशोर शालो क्रिकेट वेस्टइंडीजका उपाध्यक्ष पनि हुन्। उनले भने, “बलमा थार प्रयोग गर्न सबै खेलाडीहरूलाई निषेध गरिएको छ। सबै टोलीहरूको लागि ठूला र छुटै ड्रेसिंग रुमहरू बनाईएको छ, किनकी सबै खेलाडीहरू भीडबाट बच्न सक्दछन्। सबै खेलाडीहरूलाई अभ्यासका लागि छुटाछुटै स्थानहरू उपलब्ध गराईएको छ ।”

शालोले भने, “देशमा सरकारले कुनै प्रतिबन्ध लगाएको छैन, त्यसैले खेलहरू बन्द स्टेडियममा हुनेछैन। यी खेलहरू कोरोना भाइरसहरू बीच भइरहेको छ, त्यसैले धेरै दर्शकहरू पाउने आशा कम छ। यद्यपि, हामीले दर्शकहरूको लागि स्टेडियममा टाढा बस्ने प्रबन्ध गरेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *