‘ए’ डिभिजन लिगको प्राविधिक प्रतिवेदन एन्फाद्वारा सार्वजनिक

डिसी नेपाल
९ जेठ २०७७ १६:२८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज भिडियो कन्फरेन्समार्फ गत वर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरेको प्रतिवेदनमा खेलाडीहरु घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाईएको छ । खेलाडीले एकपछि अर्को म्याच खेल्नु परेका कारण लिगका दौरान खेलाडीहरु विषेश गरी गोलिगाँठा, घुँडा, ग्राइन लगायत एघार प्रकारका इन्ज्युरी भोगेर घाइते हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

साथै रिपोर्टमा यसको प्रमुख कारण आरामको कमी भएको उल्लेख गरिएको छ । रिपोर्टमा क्लबहरुले दक्ष चिकित्सकको प्रवन्ध गर्न नसक्नु, सन्तुलित पोषणको कमी र मैदानको खराब अवस्थाका कारण खेलाडीले इन्ज्युरीको सामना गर्नु परेको उल्लेख गरिएको छ ।

गत वर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले त्रिभूवन आर्मी क्लबलाई दुई अंकले पछि पार्दै लिग बिजेता बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *