बुन्डेस लिगामा हर्थ द्धारा युनियन बर्लिन पराजित

डिसी नेपाल
१० जेठ २०७७ १०:५६

काठमाडौं । बुन्डेस लिगा अन्तर्गत गएराति भएको खेलमा र्हर्थले युनियन बर्लिनलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ बराबरी खेलको घरेलु टोली र्हर्थले दोस्रो हाफमा सानदार प्रर्दशन गर्दै बर्लिनलाई ४–० पराजित गरेको हो ।

दोस्रो हाफ सुरु भएपछि खेलको ५१ औ मिनेटमा बेद ईबिसविकले टिमकोलागि पहिलो गोल गर्दे घरेलु टोली हर्थलाई सुरुआती अग्रता दिलाए । लगतै खेलको ५२ औ मिनेटमा डोडी लुकेबाकियोले अर्को गोल गर्दे र्हर्थलाई २–० ले अघि बढाएका थिए । यस्तै खेलको ६१ औं मिनेटमा म्याथुज सान्तोषले र ७७ औं मिनेटमा डेगरकि बायटाले गोल थपेपछि हर्थले पहिलो लिगमा व्यहोरेको हारको बदला लिदै ४–० ले विजयी हुन पुग्यो ।

जितसंगै हर्थ ३४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ, भने युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा रहेको छ । हर्थले लिगमा अहिलेसम्म कुल २७ खेलमा ९ जित ११ हारसंगै ७ खेल बराबरी खेलेको छ । युनियन बर्लिनको २७ खेलमा ९ जित १५ हारसंगै ३ खेल बराबरी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *