पूर्व कप्तान अनिल गुरुङ फुटबल पछि चलचित्रमा देखापर्दै

डिसी नेपाल
१० जेठ २०७७ १२:३०

काठमाडौं । लामो समय फुटबलमा सक्रिय रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ अब चलचित्रको पर्दामा पनि देखिने भएका छन । उनलाई चलचित्र निर्देशक शिव पुरीले अनिलकै जिवनमा आधारित चलचित्र ‘भकुण्डो’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गराउन लागेका हुन । पिता दिलबहादुर गुरुङ र आमा लक्ष्मी कुमारी गुरुङका सुपुत्रका रूपमा मालेपाटन, पोखरामा जन्मिएका अनिलले १३ वर्षको कलिलो उमेरमै फुटबल खेल्न सुरु गरेका थिए । उनले पहिला सहारा क्लब, पोखराबाट खेल्न थाले। अरुको जस्तै उनको बा आमाले पनि खेलेर पैसा नकमाइने भन्दै उनलाई खेल्नबाट टाढा राख्न खोजे र सेनामा भर्ती भएको हेर्न चाहन्थे। परिवारको इच्छा विपरीत उनी खेलिरहे।

नेपाली लिगमा अनिलले पहिला ब्रिगेड ब्वाइज, त्यसपछि थ्री स्टार, न्यु रोड टिम, र मनाङ मर्स्याङ्दी क्लबमा खेले। उनले पछिल्लो शहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा बढी ३२ गोल गर्दै यामाहा बाइक जिते। त्यस लगायत उनले अनगिन्ती पुरस्कारहरु पनि जितेका छन्। अनिल गुरुङ बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबका लागि ट्रायल खेल्न गएका थिए। यसो गर्ने उनी प्रथम नेपाली खेलाडी हुन्। उनलाई सहारा (पोखरा) र सहारा (युके) ले आर्थिक सहयोग गरेको थियो। उनले केही समस्याका कारण त्यहाँ मौका नपाए पनि नेपालको खेल जगतमा नायक भएका अनिल अब चलचित्र जगतमा नायक बन्ने तरखरमा छन ।

शिव पुरीको निर्देशन र सुन्दर थापाको निर्माण रहेको अनिल गुरुङको जिवनकथामा आधारित चलचित्र ‘भकुन्डो’ यहि वर्ष प्रदर्शनमा आउँने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *