भेट्रान गोलरक्षक म्यानुयल नुयरको बायर्न म्युनिखसंग सम्झौता नवीकरण

डिसी नेपाल
१० जेठ २०७७ १७:१४

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना भेट्रान गोलरक्षक म्यानुयल नुयरसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । अब नुयर सन् २०२३ सम्म बायर्नमा रहने पक्का भएको छ ।

लामो समयका लागि सम्झौता गर्न आनाकानी गर्दा बायर्नमा भविष्य अन्योल बनेको ३३ वर्षीय नुयरको सम्झौता २०२१ को समरसम्म रहेको थियो । क्लबले नुयरलाई बायर्नले नुयरकै विकल्पमा जर्मन क्लब साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । त्यसैले पनि नुयरको भविष्य के हुने भन्ने अन्योल सिर्जना भएको थियो । तर, बायर्नले यही भ्रमलाई चिर्दै नुयरसँगको सम्झौता नवीकरण गरेको हो ।

बायर्नका बोर्ड सदस्य ओलिभर कहानले आफ्नो गोलकिपर प्रशिक्षक टोनी तापलोभिकसँग काम गरिहनु महत्वपूर्ण रहेको र अब यो समस्याको समाधान भइसकेको बताएका छन् ।

सन् २०१४ को विश्वविजेता नुयर २०११ मा साल्केबाट बायर्नमा आएका थिए । उनले बायर्नबाट २ सय ४१ खेल खेलेका छन् । नुयरले बायर्नबाट ७ बुन्डेस लिगा, ४–४ पटक डीएफबी पोकल र सुपरकप, समान एकपटक यूईएफए च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब वल्र्डकप जितेका छन् । बायर्नले नुयरकै विकल्पमा साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । उनी आगामी समरबाट बायर्नमा हुनेछन् । नुवेलले पाडेरवर्नको युथ टोलीबाट प्रतिभा निखारेका थिए । उनलाई क्लबले नुयरको उत्तराधिकारीका रूपमा लिइसकेको छ । उनका सहयात्रीले नुवेललाई नुयरको उपनाम दिइसकेका छन् । २३ वर्षीय नुवेलले साल्केका लागि यो सिजनमा २० खेल खेलिसकेका छन् । उनले जर्मनीको यू–२१ टोलीबाट पनि खेलिसकेका छन् ।

कोरोनापछि सुरु भएको बुन्डेस लिगामा बायर्नले युनियन बर्लिनमाथि २–० को जित निकालेको थियो । बायर्नले यसै साता घरेलु मैदानमा फ्रन्कफर्टसँग खेल्दै छ । निको कोभाकको प्रशिक्षणमा रहँदा बायर्न यसअघि फ्रन्कफर्टसँग ५–१ ले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *