एन्फाका पूर्व अध्यक्ष गणेश थापा द्धारा इतिहास नमेट्न वर्तमान एन्फा कार्यसमितिलाई चेतावनी

डिसी नेपाल
११ जेठ २०७७ १४:०९

काठमाडौं । एन्फाले आफ्नै साधन स्रोतबाट बनाएको एन्फा कम्प्लेक्स लाइ फिफा गोल प्रोजेक्ट द्वारा बनाइएको भनेर केही दिन अगाडि एन्फा द्वारा प्रकाशित स्मारिकामा राखेकोमा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आपत्ती जनाएका छन । उनले सन १९९७–९८ को बखत आफुहरुले एन्फा कम्प्लेक्स लाइ बनाउन सुरु गरेको र त्यसबेला फिफाले गोल प्रोजेक्ट सुरु नगरेको बताएका छन । यसरी इतिहास नमेटन उनले वर्तमान एन्फा कार्यसमितिलाई चेतावनी दिएका छन ।

एन्फाले आफ्नै साधन स्रोतबाट बनाएको एन्फा कम्प्लेक्स लाइ फिफा गोल प्रोजेक्ट द्वारा बनाइएको भनेर केही दिन अगाडि ANFA …

Posted by Ganesh Thapa on Saturday, May 23, 2020

आईतबार समाजिक संजालमा उनले यसरी इतिहास मेटने काम नगरोस भनेर लेखेका छन । गत शुक्रबार एन्फाले प्रकाशित गरेको टेक्निल रिपोर्टको ५४ नम्बर पेजमा एन्फा कम्प्लेक्सको बारेमा उल्लेख गरिएको छ । उक्त कम्प्लेक्स सन् २००० मा फिफाको गोल प्रोजेक्टको रुपमा तयार भएको उल्लेख भएपछि पूर्व अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत आपत्ति जनाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *