टिमो वर्नरको शानदार ह्याट्रिक संगै आरबी लिपजिगले मेन्जलाई ५–० ले पराजित

डिसी नेपाल
१२ जेठ २०७७ १५:१७

काठमाडौं । स्ट्राईकर टिमो वर्नरको ह्याट्रिकको मदतले आरबी लिपजिगले बुन्डेसलिगामा मेन्जलाई ५–० ले पराजित गर्दे उपाधि माथि आफ्नो सम्भावना कायमै राखेको छ ।  चौबीस वर्षीय वर्नरलाई उनको यो खुशियाली कसरी मनाउने भनेर सोध्दा ? उनले भने, “यसमा केही मिठो हुनुपर्दछ।”

लिपजिग अब शीर्ष स्थानमा रहेको बायरन म्युनिकबाट सात अंक मात्र पछि रहेको छ। बायर्नले मंगलबार दोस्रो स्थानमा रहेको डोर्टमन्ड बिरुद्ध खेल्ने छ। गत हप्ता फेबर्गको संग बराबरी खेलेपछि लिपजिगले उत्कृष्ट पुनरागमन गरेको हो ।

वर्नरले जारी लिगमा उनको गोलको संख्या २४ पुर्याएर बार्यनका रोबर्ट लेवान्डोव्स्कीबाट तीन गोलले मात्र पछि रहेका छन छन्। वर्नरले अहिले सम्म दुईवटा ह्याट्रिक पनि बनाएका छन ।

वर्नरले खेलको ११ औं मिनेटमा पहिलो गोल गरे त्यसपछि खेलको २३ औं मिनेटमा जोसेफ पाल्सेनले मार्सेल सैबिटजरको क्रसमा गोल गरेर आफ्नो २५० औं खेलको उत्सव मनाए। सैबिटजरले पाल्सेनको सहयोगमा गोल गरेर लिपजिगलाई पहिलो हाफमै ३–० ले अग्रता दिलाए । वर्नरले आफ्नो दोस्रो गोल दोस्रो हाफको तेस्रो मिनेटमा गरे र त्यसपछि खेल समाप्त हुनु भन्दा १५ मिनेट अघि तेस्रो गोल गरेर उनले आफ्नो ह्याट्रिक पुरा गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *