‘यदि तपाइँ पाकिस्तान क्रिकेटमा सत्य बोल्नुहुन्छ भने तपाइँलाई पागल घोषणा गरिनेछ’

डिसी नेपाल
१२ जेठ २०७७ १६:०८

काठमाडौं । पूर्व पाकिस्तानी क्रिकेट खेलाडी तथा कप्तान युनिस खान अझै पनि टेस्ट क्रिकेटमा पाकिस्तानका लागि सबैभन्दा बढी रन बनाउने ब्याटसम्यान हुन्। साथै पाकिस्तान क्रिकेटको इतिहासमा टीमलाई विश्वकप विजेता बनाउने कप्तान मध्येका एक हुन युनिस खान। युनिस खान पाकिस्तान सन २००९ मा आईसीसी टि २० विश्वकप च्याम्पियन हुदा पाकिस्तान टीमका कप्तान थिए।

तर युनिस खानलाई विश्वकप जितेको ६ महिना पछि कप्तानबाट हटाइयो। कारण केही खेलाडीहरुले ड्रेसिङ रूममा युनिस खानको व्यवहार संग समस्या भएको आरोप लगाए ।

उनको कप्तानी खोसिएपछि युनिस खानले भने, “अन्तमा सत्य बोल्नेलाई दण्डित गरियो।” उनले भने, “टोलीमा धेरै यस्ता खेलाडीहरू छन् जो उनीहरूको क्षमता अनुसार खेलिरहेका छैनन्।” युनिसले भने, “धेरै पटक तपाईको अगाडि यस्तो समय आउँछ जहाँ तपाईलाई सत्य बोल्नुपर्ने हुन्छ, जसको कारणले कोही मानिस तपाईलाई पागल भन्छन। मेरो गल्ती यो थियो कि मैले खेलाडीहरू समक्ष उनीहरुको कमजोरी औंल्याइरहेको थिए जसले टीमको लागि राम्रो गरिरहेका थिएनन्।”

टिमको लागि १७ बर्ष क्रिकेट खेलेका ४२ वर्षीय यि क्रिकेटर सन २०१७ मा सेवानिवृत्त भए । युनिस खानले कुल ११८ टेस्ट खेलेका थिए जहाँ उनले १० हजार ९९ रन बनाए। यो समयमा उनको औसत ५२.०६ थियो। उनले आफ्नो टेस्ट करियरमा कुल ३४ शतक र ३३ अर्ध शतक प्रहार गरेका थिए । यो संगै युनिसले एकदिवसीय क्रिकेटमा ७ हजार २ सय ४९ रन बनाएका थिए जाहा ७ शतक पनि समावेश थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *