चिनियाँ राष्ट्रपतिकी पत्नीको डब्लुएचओसँग के छ कनेक्सन ? समस्यामा पर्न सक्छ संगठन

डिसी नेपाल
१३ जेठ २०७७ ९:५८

काठमाडौं। कोरोना भाइरसका विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि कैयौं देशहरुले प्रश्न उठाइरहेका छन् । यही बीचमा एक रिपोर्टमा यो कुराको खुलासा गरिएको छ कि विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उसकी गुडविल एम्बासडर पेंग लियुआनको पूरा परिचय खुलाइएकै छैन । वेबसाइटमा पेंगको जुन परिचय दिइएको छ त्यसमा उनी चीनका राष्ट्रपनि शी जिनपिंगकी पत्नी हुन् भन्ने कुरा कहीँ कतै उल्लेख छैन । डब्लुएचओले आफ्नो वेबसाइटमा गुडविल एम्बासडरको रुपमा ९ जनालाई सूचीकृत गरेको छ र उनहिरुको फोटोसहित संक्षिप्त परिचय प्रकाशित गरिएको छ ।

यो पदको लागि चिनियाँ राष्ट्रपति पत्नी पेंगलाई जहिले चुनिएको थियो त्यतिबेला तत्कालीन डब्लुएचओ प्रमुख मार्गरेट चेनले भनेका थिए ‘पेंग विश्वकी प्रसिद्ध आवाज र सच्चा मनकी महिला हुन् ।’ पहिलो पटक पेंगलाई २०११ मा चयन गरिएको थियो । पछि नयाँ डब्लुएचओ प्रमुख टेड्रोस एडनह्याम घेब्रियेसुसले उनलाई दोस्रो पटक नियुक्त गरेका थिए । बेलायती अखबार डेलीमेलमा प्रकाशित समाचार अनुसार बेलायतका सांसद तथा विदेश मामिलासम्बन्धी कमिटीका अध्यक्ष टम टीले भने ‘यस्तो लाग्छ गुडविलको परिभाषा लामो बनाइएको छ । डब्लुएचओले यस्ता व्यक्तिहरुलाई छान्नुपर्छ जो वास्तवमा मानिसहरुको अधिकारको लागि काम गर्छन् न कि उनीहरु जसको कामको विषयमा सन्देह कायमै छ ।’

१९८७ मा पेंगको बिहे जिनपिंगसँग भएको थियो । त्यतिबेला जिनपिंग चीनको झियामेनका डिप्टी मेयर थिए र उनको पहिलो पत्नीसँग सम्बन्धविच्छेद भइसकेको थियो । पेंगको बारेमा डब्लुएचओको वेबसाइटमा लेखिएको छ ‘संगठनका महानिर्देशक (तत्कालीन) मार्गरेट चान प्रसिद्ध चिनियाँ गायिका तथा अभिनेत्री पेंग लियुआनलाई क्षयरोग र एचआइभी एड्सको लागि डब्लुएचओको गुडविल एम्बेसेडर नियुक्त गर्नुहुन्छ । पेंग पिपुल्स लिबरेशन आर्मीको जनरल पोलिटिकल डिपार्टमेन्टको चिनियाँ गीत र डान्स समूहकी प्रमुख हुनुहुन्छ । सार्वजनिक सेवामा पहिलो र मिलिट्रीमा उहाँलाई मेजर जनरलको दर्जा हासिल छ ।’

वेबसाइटमा अगाडि लेखिएको छ ‘पेंग स्वास्थ्य, क्षयरोग र एचआइभीमाथि नियन्त्रणको धेरै वकालत गर्नुहुन्छ । २००६ मा पेंग चीनमा एचआइभी एड्सबाट सुरक्षाका विषयमा मिनिस्टर अफ हेल्थ एम्बासडर बनाइनुभएको थियो र २००७ मा टिबी कन्ट्रोल एण्ड प्रिभेन्सनको नेशनल एम्बासडर पनि बनाइनुभयो ।’

अमेरिकासहित कैयौं देश यो आरोप लगाइरहेका छन् कि डब्लुएचओले विश्वलाई कोरोना भाइरसका विषयमा समयमा सतर्क गराएन र यस्तो चीनका कारणले गरियो । अमेरिका र जर्मनीका खुफिया एजेन्सीहरुको हवाला दिँदै यस्ता रिपोर्टहरु पनि आएका छन् कि चिनियाँ राष्ट्रपतिले डब्लुएचओ प्रमुखलाई कोरोनासँग सम्बन्धित जानकारी रोक्न भनेका थिए । तर, डब्लुएचओले यस्ता रिपोर्ट खारेज गरेको थियो । अब पेंगको डब्लुएचओसँग कनेक्सनका कारण संगठन फेरि प्रश्नको घेरामा आउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *