बेलायतको शिर्ष महिला फुटबल लिग र महिला च्यापियनशीपका सबै खेल रद्द

डिसी नेपाल
१३ जेठ २०७७ १०:३५

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण बेलायतको शीर्ष महिला फुटबल लिग रद्द भएको छ ।

स्वास्थ्य महामारीले गर्दा प्रतियोगिता खेलाउन सम्भव नदेखिएपछि त्यहाँको फुटबल संघले लिग रद्द गर्ने निर्णय गरेको हो । संघले दोस्रो श्रेणीको महिला च्याम्पियनशिप पनि रद्द गरेको छ ।

लिग तत्काल रद्ध गर्न आएको निर्णयले लिगको विजेता हुने दावेदारी गरिरहेका क्लवहरुलाई भने निराश बनाएको छ । लिगमा म्यानचेष्टर सिटी ४० अंक सहित शिर्ष स्थान छ भने मात्रै एक अंकले पछाडी रहेको चेल्सी क्लव दोस्रो स्थानमा छ ।

यसैगरी मात्रै तीन अंकले पछाडी पर्दै तेस्रो स्थानमारहेको आर्सनल क्लवले पनि अर्को जित निकाल्दै शिर्ष स्थानमा उक्लने लक्ष्य बनाएको थियो । तर फुटबल संघले यो सिजनका सबै प्रतियोगिताहरु रद्द गरी अर्को सिजनको तयारीमा जुट्न भनेको छ । खेल रद्दको निर्णयले बेलायतमा महिला फुटबलका ८१ वटा खेलहरु रोकिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *