बुन्डेसलिगामा आज महत्वपूर्ण खेल

डिसी नेपाल
१३ जेठ २०७७ १५:१६

काठमाडौं । युरोपको लोकप्रिय लिगहरूमध्ये तेस्रो स्थानमा रहेको बुन्डेसलिगाको महत्वपूर्ण खेल आज नेपाली समय अनुसार राती सवा १२ बजेबाट सुरु हुदैछ । बोरुसिया डर्टमण्ड र बार्यन म्युनिख विच हुने प्रतिस्पर्धात्मक खेलले आज सिजनको उपाधिको लगभग छिनोफानो गर्नेछ । कोरोना भाईरसको त्रासका बिच बिना दर्शकको यो प्रतिस्पर्धात्मक खेल दर्शकको उनुपस्थितिमा केही खल्लो अवस्य हुनेछ ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको बार्यन म्युनिखको २७ खेलमा ६१ अंक रहेको छ । बार्यनले खेलेको २७ खेलमध्ये १९ जित, ४ हार सहित ४ बराबरी खेलेको छ भने अंक तालिकाको दोस्रो स्थानमा रहेको डर्टमण्डको ५७ अंक रहेको छ । डर्टमण्डले २७ खेलमा १७ जित, ४ हार सहित ६ खेल बराबरी खेलको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *