नवराज सहित ४ जनाको शव भेटियो, २ जना अझै वेपत्ता

डिसी नेपाल
१४ जेठ २०७७ १७:३६

काठमाडौं । रुकुम पश्चिमको घटनामा बेपत्ता भएका मध्ये थप १ जनाको शव फेला परेको छ । हराइरहेका ३ जनामा लोकेन्द्र सुनारको शव फेला परेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठ जानकारी दिए ।

जाजरकोटको भेरी नगरपालिका १३ कुदु भन्ने ठाउँमा सुनारको शव भेटिएको थियो । घटना भएको स्थानबाट करिव १० किलोमिटर टाढा उनको शव भेटिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

जेठ १० गते भएको घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । हालसम्म नवराज बि.क., लाेकेन्द्र सुनार, टिकाराम नेपाली, र गणेश बुढा मगरकाे शव भेटिएकाे छ।

२ जना अझै हराइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । उनले उनीहरुको प्रहरी र गोताखोर लगाएर खोजीकार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार पिडीत पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको छ । हालसम्म वडा अध्यक्षसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ८ जना अझै फरार रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *