खेलकुदको लागि २ अर्ब ३६ करोड बजेट

डिसी नेपाल
१५ जेठ २०७७ १८:५४

काठमाडौं । सरकारले नयाँ आर्थिक बर्षमा खेलकुद क्षेत्रको लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । सरकारले बिनियोजन गरेको बजेट अन्तर्गत कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारलाई बिशेष जोड दिदै स्थानिय तहमा खेल मैदान निमार्ण, अन्तराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरिएको जनाईएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि जानाईएको छ ।

गत बर्षको जतिकै बजेट ल्याउने बिषयमा खेल मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) लबिङ गरिरहेको अवस्थामा गत बर्षको तुलनामा यस बर्ष कम बजेट आएको हो । सरकारले कोरोनाका कारण यस बर्ष युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ६३ करोडको सिलिङ तोकेको थियो । कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले तोकिएको सिलिङमा समेत १५ प्रतिशत बजेट कम गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।

यसपालिको बजेटको बिषयमा डिसि नेपाल संगको कुराकानीमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले गत बर्षको तुलनामा कम बजेट आएपनी यसलाई मध्यम वर्गिय बजेटको रुपमा लिएको बताए । उनले गत बर्ष नेपालमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता भएको कारण सम्पूर्ण पूवार्धार निमार्णका तथा प्रतियोगिता आयोजनामा धेरै खर्च हुने भएकोले गत बर्ष त्यही अनुरुप बजेट आएको बताए । तर यसपालिको बजेटमा सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल, प्रादेशिक रंगशाला तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विनियोजित गरेको बजेटलाई उनले मध्यम वर्गिय बजेटको संज्ञा दिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *