टेनिस स्टार कोको गफले जातिय भेदभावको बिरूद्ध विरोध गर्दै प्रश्न गरिन, ‘जर्ज फ्लोडको हत्या पछि मेरो नम्बर हो ?

डिसी नेपाल
१७ जेठ २०७७ २२:५२

काठमाडौं । विमबल्डनका लागि छनौट भएकी सबैभन्दा कान्छी अमेरिकी टेनिस स्टार कोको गुगले जातिय भेदभावको बिरूद्ध विरोध जनाएकी छिन। अमेरिकामा अफ्रिकी मुलका  एक अमेरिकी ब्यक्ति जर्ज फ्लोडलाई पुलिसले हिरासतमा हत्या गरेको खबर सार्वजनिक भएपछि यसको बिरोधमा गफले एक भिडियो सार्वजनिक गर्दै प्रश्न गरिन, के अब अर्को नम्बर मेरो हो ?

अमेरिकामा मिनियापोलिस सहरको एक भिडियो भाइरल भएको थियो । भिडियोमा जर्ज फ्लोडलाई हथकडी लगाईएको छ र उनी भुईमा घोप्टो परेर सुतेका छन। एक पुलिस अफिसरले करिब ५ मिनेट भन्दा बढि समय सम्म आफ्नो घँुडाले जर्जको घाँटीमा थिचेको देखिन्छ र त्यपछि उनको मृत्यु हुन्छ।

यो घटनापछि अमेरिकामा विरोध प्रर्दशन सुरु भएको छ। कालो रङको पोशाकमा गफले एक भिडियो सार्वजनिक भनिन, “म जातिवादको बिरूद्ध किन आवाज उठाउँदै छु ? त्यसपछि उनले जर्ज फ्लोड र आयना जोन्सलगायतका तस्बिरहरू सार्वजनिक गरेकी छिन जसले जातिवादको कारण आफ्नो ज्यान गुमाएका छन ।

तस्विरहरु सार्वजनिक गरेपछि गफले सोधिन, म अब के हुँ ? उनले भिडियो मार्फत भनिन, “म सँधै जातिवादको बिरूद्ध आवाज उठाउँछु।” के तपाईं पनि आफ्नो आवाज उठाउनु हुन्छ ?

अमेरिकामा फ्लोडको मृत्युको कारण स्थिती तनावग्रस्त भईरहेको छ। देशका लगभग २० शहरहरूमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनको क्रममा शुक्रबार राति ह्युस्टन, टेक्सासमा करीव २०० व्यक्ति पक्राऊ परेका छन्। प्रदर्शनको क्रममा डेट्रोइटमा एक १९ वर्षिय व्यक्तिको गोली लागेर मृत्यु भएको छ। प्रशासनले पोर्टल्यान्डमा दंगा स्थिति घोषणा गरेको छ, साथै मिनियापोलिसमा करिब ५० ब्यक्तिहरूलाई पक्राउ गरिएको छ।

यस बर्षको अष्ट्रेलियाली ओपनमा गफले स्वदेशी स्टार भेनस विलियम्स र विश्व नम्बर १ जापानको नाओमी ओसाकालाई तेस्रो राउन्डमा पराजित गरेकी थिईन। कफ जुनियर टेनिस श्रेणीमामा विश्वको नम्बर १ स्थानमा रहेकी छिन। उनी सन २०१७ मा १३ वर्षको उमेरमा युएस ओपन जुनियर श्रेणीको फाइनलमा पुगेकी थिइन र २०१८ मा जुनियर श्रेणीको फ्रान्सेली ओपनको च्याम्पियन भएकी थिइन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *